Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

खबरडबली संवाददाता

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्तर्गतका अन्तरिक्ष यात्रीले एक दिन पृथ्वी वरिपरि परिक्रमा गरेपछि इन्जिन प्रज्वलन गर्दै चन्द्र यात्राको ऐतिहासिक चरण सुरु गरेका छन् ।

लिफ्टअफ भएको झण्डै २५ घण्टापछि गरिएको ‘ट्रान्सलुनर इग्निसन’ सफलतापूर्वक सम्पन्न भएसँगै तीन अमेरिकी र एक क्यानाडाली अन्तरिक्ष यात्री बोकेको ओरियन क्याप्सुल पृथ्वीको कक्षाबाट बाहिर निस्केर करिब दुई लाख ५० हजार माइल (चार लाख किलोमिटर) टाढा रहेको चन्द्रमातर्फ अग्रसर भएको छ । नासाका अधिकारी लोरी ग्लेजले सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानिसले पृथ्वीको कक्षा छोडेको घोषणा गरे।

इन्जिन प्रज्वलन पूर्णरूपमा सफलतापूर्वक सम्पन्न भएको जनाउँदै क्यानाडाली अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले पृथ्वीबाट टाढिँदै गर्दा देखिएको दृश्यलाई ‘अभूतपूर्व’ बताए। उनका अनुसार चालक दलका सदस्य झ्यालमै टाँसिएर पृथ्वीलाई टाढिँदै गरेको हेर्दा भावुक बनेका थिए । नासाले सुरक्षाको दृष्टिले चन्द्र यात्रा अघि एक दिन पृथ्वी नजिकै राखेर क्याप्सुलको जीवन समर्थन प्रणाली परीक्षण गरेको थियो । त्यसपछि मात्र चन्द्रतर्फको पूर्ण यात्रा अनुमति दिइएको हो । 

यो परीक्षणलाई उडान नासाको दीर्घकालीन चन्द्र योजना स्थायी आधार स्थापना र भविष्यमा निरन्तर मानव उपस्थितिका लागि महत्त्वपूर्ण आधार मानिएको छ । कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र ह्यानसेनले चन्द्रमाको नजिक पुगेर त्यसभन्दा पारि घुमेर पुन: पृथ्वी फर्कने योजना बनाइएको छ । यस क्रममा उनीहरूले सन् १९७० को अपोलो १३ ले बनाएको दूरीको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । साथै, अप्रिल १० मा पृथ्वीमा फर्किदा सबैभन्दा तीव्र गतिमा पुन: प्रवेश गर्ने सम्भावना पनि छ ।

यो मिसनले इतिहासमा नयाँ आयाम थपिसकेको छ । ग्लोभर, कोच र ह्यानसेन क्रमश: पहिलो अश्वेत, पहिलो महिला र पहिलो गैर–अमेरिकी अन्तरिक्ष यात्रीका रूपमा चन्द्र यात्रामा सहभागी भएको हो । यसअघि अपोलो कार्यक्रम अन्तर्गत चन्द्रमा पुगेका २४ जना सबै श्वेत पुरुष थिए । ग्लोभरले पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा सम्पूर्ण मानवता एउटै देखिने उल्लेख गर्दै मानव एकताको सन्देश दिए। “हामी सबै एउटै प्रजाति हौँ”, उनले भने ।

मिसनको महत्त्वपूर्ण क्षणअघि अन्तरिक्ष यात्रीलाई उत्साहित बनाउन सङ्गीतमार्फत जगाइएको थियो । त्यसपछि अन्तिम अनुमति दिँदै उनीहरूलाई ‘मानवताको चन्द्र फर्कने यात्रा’ को हिस्सा भएको बताइएको थियो । क्याप्सुलले पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गर्दै ‘फ्रि–रिटर्न’ मार्गमा यात्रा गरिरहेको छ, जसमा इन्जिनले २४ हजार माइल प्रतिघण्टाभन्दा बढी गति दिएको छ ।

कमान्डर वाइजम्यानले यो यात्रा असाधारण र चुनौतीपूर्ण भएको उल्लेख गर्दै यसको गम्भीरता अहिले मात्र महसुस भइरहेको बताए। उडान निर्देशक जुड फ्रिलिङले पनि यसलाई जीवनमा एक पटक मात्र आउने अवसरका रूपमा व्याख्या गरे । अर्को महत्त्वपूर्ण चरण सोमबार चन्द्रमाको नजिक पुग्दा हुनेछ । ओरियन क्याप्सुल चन्द्रमाबाट करिब चार हजार माइल (छ हजार चार सय किलोमिटर) नजिक पुगेर त्यसको टाढाको भागको दुर्लभ दृश्य अवलोकन गर्नेछ । साथै, अन्तरिक्ष यात्रीहरूले पूर्ण सूर्यग्रहणसमेत देख्न पाउनेछन्।

यसअघि पृथ्वीको कक्षामा रहँदा उनीहरूले महादेश, समुद्री किनार र दक्षिण ध्रुवसम्मको दृश्य स्पष्टरूपमा अवलोकन गरेको थिए । कोचले ती दृश्यहरूलाई अत्यन्त प्रभावशाली बताए । नासाले यो मिसनलाई सन् २०२८ मा मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घ योजनाअन्तर्गत महत्त्वपूर्ण परीक्षणका रूपमा लिएको  छ । यद्यपि, उडानका क्रममा केही प्राविधिक चुनौती पनि देखिएका छन् । ओरियन क्याप्सुलको शौचालयमा समस्या देखिएपछि अन्तरिक्ष यात्रीले वैकल्पिक उपाय अपनाएको थिए। 

साथै, पानी आपूर्ति प्रणालीमा सम्भावित समस्या समाधान गर्न पिसाब भण्डारण झोलाहरूलाई पानी भण्डारणका रूपमा प्रयोग गरिएको छ । अन्तरिक्ष यात्रीले चन्द्रमातर्फको यात्राअघि सात लिटरभन्दा बढी पानी सुरक्षित राख्न सफल भएको छन् । यी साना चुनौतीबिच पनि आर्टेमिस द्वितीयले मानव अन्तरिक्ष यात्राको नयाँ अध्याय सुरु गरेको छ, जसले चन्द्रमामा पुन: मानव उपस्थिति मात्र नभइ, भविष्यका गहिरा अन्तरिक्ष अभियानका लागि पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending