लहान । दसैँमा देवी दुर्गाको मन्दिरमा बोकाको बली दिन बोका खरिद गर्ने भक्तजन(उपभोक्ताहरू) मनोमानी मूल्यमा बोका खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
लहानमा शुक्रबार र सोमबार लाग्ने हाट बजारमा यस वर्षपनि मनोमानी मूल्य तिर्नुपरेको लहान–१ को गङ्गा प्रसाद यादवले बताए । उनका अनुसार हिजो सोमबार अन्तिम हटिया परेकोले पाँच हजार मूल्य हुनुपर्ने बोका सात हजारमा, सात हजार पर्ने दस हजारमा र दस हजार मूल्य हुनुपर्ने बोकाको मूल्य १५ हजारमा खरिद गर्नुपर्यो । यसरी ठगिनुको कारण बोकाको मूल्य निर्धारण नहुनु हो ।
गङ्गा प्रसाद यादव जस्तै धेरै भक्तजनहरूले यस्तै गुनासो गरे । लहानमा खसी बोका बिक्री हुने बाख्रा बजारमा कहिले पनि मूल्य सूची नहुनु विडम्बना रहँदै आएको छ । सोमबार खसीबोकाको मूल्य मनोमानी त रह्यो नै साथसाथै खरिद बिक्री गर्दा दुई सयको रसिद दिएर अढाई सयको दरले लिने अर्को समस्या रह्यो ।
लहान नगरपालिकाले खसीबोका खरिद विक्री हुने बाख्रा बजारको व्यवस्थापनमा लहान नगरपालिका पशु शाखाका प्रमुख रहँदा कयौँ पटक मूल्य निर्धारणको र पशु वधशालाको उचित व्यवस्थापनको लागि अथक प्रयास गरेपनि सफल हुन नसककेको पशु शाखाका पूर्व प्रमुख रामकृष्ण यादवले भन्दै मूल्य निर्धारण नहुँदा अरू समयभनदा दसैँको बेला उपभोक्ता भजजनहरु ठगिँदै आइरहेको छ । उनले भने, "बजार समिति पशुशाखा र सम्बनिधत वडा मिलेर मूल्य निर्धारणको आधार कति तौलको खसी बोका हो तौलेर निर्धारण गर्नुपर्छ ।"
मूल्य निर्धारण नहुनु रसिद काटेको भन्दा बढी रकम खुललेआम लिइरहँदा लहान नगरपालिकाले केही नगर्नुमा नगरपालिका चुनाव जितेका सत्ताधारी दलले आफ्नो नजिकको नेता कार्यकर्ताहरूलाई सहुलियत दिनको लागि यस्तो हुँदै आइरहेको गुनासो उपभोक्ताहरूबाट व्यापक रूपमा भए पनि समाधान केही हुन नसकिरहेको लहान–९ का पूर्व वडाध्यक्ष प्रदीप कुमार चौधरीले प्रस्ट्याए ।
लहान नगरपालिका क्षेत्रभित्र होटेल र विभिन्न सप्लायर्सहरुमा छापा मार्ने अनुगमन समितिले खसीबोका बिक्री हुने बाख्रा बजारमा कुनै अनुगमन किन नगरेको भने अहम् प्रश्न उठिरहेको लहान–५ का पूर्व वडाध्यक्ष सुलेमान अनसारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: