बेइजिङ । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो ।
अधिकारीहरूले करिब पाँच प्रतिशतको विस्तारलाई लक्षित गरेकाले बेइजिङले व्यावसायिक गतिविधिलाई पुनः सुरु गर्न सङ्घर्ष गरिरहेको छ । लामो समयदेखिको आवास सङ्कटदेखि सुस्त उपभोग र स्थानीय सरकारी ऋणसम्मका धेरै प्रतिकूल परिस्थितिलाई हेर्दा यो लक्ष्य आशावादी रहेको विश्लेषकहरूले बताएका छन् । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) का प्रमुख झेङ शान्जीको नेतृत्वमा मङ्गलबार भएको पत्रकार सम्मेलनमा सबैको ध्यान केन्द्रीत छ । लगानीकर्ताहरूले बेइजिङले थप अर्थतन्त्र बढाउने नीतिहरू सार्वजनिक गर्ने आशा गरेका छन् ।
“हामी वर्षका लागि आर्थिक र सामाजिक विकासका लक्ष्य कायमा राख्नेमा पूर्ण विश्वस्त छौँ”, उनले भने, “हामी स्थिर, स्वस्थ र दिगो विकास कायम राख्नमा पनि पूर्ण विश्वस्त छौँ ।”
व्यापारीहरूले एक साताको विश्रामपछि बेइजिङबाट थप उपायहरूको आशामा जोडदार र्यालीलाई जारी राख्दा मुख्य भूमि चीनका सेयरहरू मङ्गलबार १० प्रतिशतभन्दा बढीले बढे । यसले स्वर्णिम हप्ता बिदाअघिको २० प्रतिशतभन्दा बढीले वृद्धि भयो । अधिकारीहरूले लामो समयदेखि मन्द आर्थिक वृद्धिलाई उल्ट्याउन उत्प्रेरणात्मक उपयाहरूको शृङ्खला घोषणा गर्न थालेसँगै लगानीकर्ताहरू मुख्य भूमि चीन र हङकङका सेयरहरूमा फर्कन थालेका छन् ।
हालसम्म घोषणा गरिएका धेरै उपायहरू कमजोर रियल स्टेटलाई लक्षित गरिएका छन् । यो लामो समयदेखि वृद्धिको प्रमुख चालक रहेको भए पनि अहिले लामो समयसम्म ऋण सङ्कटमा फसेको छ । उक्त उद्देश्यका लागि बेइजिङको केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई एक वर्षको ऋणको ब्याज दर घटाएको छ, ऋणदाताहरूको राशिमा कटौती गरेको छ र विद्यमान बन्धकहरूमा दरहरू घटाउन प्रोत्साहित गरेको छ ।
साङ्घाई, ग्वाङ्जाऊ र सेन्जेन जस्ता वित्तीय केन्द्रसहित धेरै सहरले पनि रियल स्टेट खरिदमा प्रतिबन्धहरू खुकुलो पारेका छन् । “समग्रमा हामीले वर्तमान विकास र विकासको पूर्वानुमान हेर्दा हाम्रो मुलुकको आर्थिक विकासको आधारभूत तत्वहरू परिवर्तन भएका छैनन”, झेङले भने, “विभिन्न नीति विशेषरूपमा वृद्धिशील प्याकेजको निरन्तर जारी हुने क्रमसँगै बजारको अपेक्षा हालै उल्लेखनीय रूपमा सुधार आएको छ ।”
अधिकारीहरूले थप वित्तीय समर्थन उपायहरू घोषणा गर्ने विश्लेषकहरूले आशा गरेका छन् । यसमा खर्बौं युआनको बन्ड जारी र उपभोग बढाउने नीतिहरू रहेका छन् । यद्यपि बेइजिङ वृद्धिका आधारभूत अवरोधहरू समाधान गर्न गम्भीर छ भने रियल स्टेट क्षेत्रमा ऋण सङ्कट कम गर्न र घरेलु मागलाई बढावा दिन आर्थिक प्रणालीमा गहिरो सुधारहरू आवश्यक रहेको विश्लेषकहरूले बताएका छन् ।
“चीनको अर्थतन्त्र सङ्कटमा छैन र बेइजिङलाई चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) हासिलमा मद्दत गर्न सन् २०२४ को बाँकी समयका लागि ठूलो वित्तीय खर्च प्याकेजको घोषणा गर्न आवश्यक छैन”, चाइना बेइज बुकका शेहजाद काजीले भने, “वास्तविक प्रश्न के हो भने बेइजिङले सन् २०२५ र त्यसपछिका लागि बहुचरणको खर्च कार्यक्रम घोषणा गर्नेछ र यसमा अर्थतन्त्रलाई उपभोगमा आधारित सङ्क्रमणबाट रोक्ने संरचनागत समस्याहरूलाई सम्बोधन गर्ने कुरा समावेश छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: