Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

खबरडबली संवाददाता

बेइजिङ । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो । 

अधिकारीहरूले करिब पाँच प्रतिशतको विस्तारलाई लक्षित गरेकाले बेइजिङले व्यावसायिक गतिविधिलाई पुनः सुरु गर्न सङ्घर्ष गरिरहेको छ । लामो समयदेखिको आवास सङ्कटदेखि सुस्त उपभोग र स्थानीय सरकारी ऋणसम्मका धेरै प्रतिकूल परिस्थितिलाई हेर्दा यो लक्ष्य आशावादी रहेको विश्लेषकहरूले बताएका छन् । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) का प्रमुख झेङ शान्जीको नेतृत्वमा मङ्गलबार भएको पत्रकार सम्मेलनमा सबैको ध्यान केन्द्रीत छ । लगानीकर्ताहरूले बेइजिङले थप अर्थतन्त्र बढाउने नीतिहरू सार्वजनिक गर्ने आशा गरेका छन् । 

“हामी वर्षका लागि आर्थिक र सामाजिक विकासका लक्ष्य कायमा राख्नेमा पूर्ण विश्वस्त छौँ”, उनले भने, “हामी स्थिर, स्वस्थ र दिगो विकास कायम राख्नमा पनि पूर्ण विश्वस्त छौँ ।”
व्यापारीहरूले एक साताको विश्रामपछि बेइजिङबाट थप उपायहरूको आशामा जोडदार र्यालीलाई जारी राख्दा मुख्य भूमि चीनका सेयरहरू मङ्गलबार १० प्रतिशतभन्दा बढीले बढे । यसले स्वर्णिम हप्ता बिदाअघिको २० प्रतिशतभन्दा बढीले वृद्धि भयो । अधिकारीहरूले लामो समयदेखि मन्द आर्थिक वृद्धिलाई उल्ट्याउन उत्प्रेरणात्मक उपयाहरूको शृङ्खला घोषणा गर्न थालेसँगै लगानीकर्ताहरू मुख्य भूमि चीन र हङकङका सेयरहरूमा फर्कन थालेका छन् । 

हालसम्म घोषणा गरिएका धेरै उपायहरू कमजोर रियल स्टेटलाई लक्षित गरिएका छन् । यो लामो समयदेखि वृद्धिको प्रमुख चालक रहेको भए पनि अहिले लामो समयसम्म ऋण सङ्कटमा फसेको छ । उक्त उद्देश्यका लागि बेइजिङको केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई एक वर्षको ऋणको ब्याज दर घटाएको छ, ऋणदाताहरूको राशिमा कटौती गरेको छ र विद्यमान बन्धकहरूमा दरहरू घटाउन प्रोत्साहित गरेको छ । 

साङ्घाई, ग्वाङ्जाऊ र सेन्जेन जस्ता वित्तीय केन्द्रसहित धेरै सहरले पनि रियल स्टेट खरिदमा प्रतिबन्धहरू खुकुलो पारेका छन् । “समग्रमा हामीले वर्तमान विकास र विकासको पूर्वानुमान हेर्दा हाम्रो मुलुकको आर्थिक विकासको आधारभूत तत्वहरू परिवर्तन भएका छैनन”, झेङले भने, “विभिन्न नीति विशेषरूपमा वृद्धिशील प्याकेजको निरन्तर जारी हुने क्रमसँगै बजारको अपेक्षा हालै उल्लेखनीय रूपमा सुधार आएको छ ।”

अधिकारीहरूले थप वित्तीय समर्थन उपायहरू घोषणा गर्ने विश्लेषकहरूले आशा गरेका छन् । यसमा खर्बौं युआनको बन्ड जारी र उपभोग बढाउने नीतिहरू रहेका छन् । यद्यपि बेइजिङ वृद्धिका आधारभूत अवरोधहरू समाधान गर्न गम्भीर छ भने रियल स्टेट क्षेत्रमा ऋण सङ्कट कम गर्न र घरेलु मागलाई बढावा दिन आर्थिक प्रणालीमा गहिरो सुधारहरू आवश्यक रहेको विश्लेषकहरूले बताएका छन् । 

“चीनको अर्थतन्त्र सङ्कटमा छैन र बेइजिङलाई चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) हासिलमा मद्दत गर्न सन् २०२४ को बाँकी समयका लागि ठूलो वित्तीय खर्च प्याकेजको घोषणा गर्न आवश्यक छैन”, चाइना बेइज बुकका शेहजाद काजीले भने, “वास्तविक प्रश्न के हो भने बेइजिङले सन् २०२५ र त्यसपछिका लागि बहुचरणको खर्च कार्यक्रम घोषणा गर्नेछ र यसमा अर्थतन्त्रलाई उपभोगमा आधारित सङ्क्रमणबाट रोक्ने संरचनागत समस्याहरूलाई सम्बोधन गर्ने कुरा समावेश छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा सवारी दुर्घटनामा ६ जना घाइते

उदयपुर ।  उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका ...

करदाता सेवा कार्यालय खारेजीको विरोधमा राजविराज बजार बन्द

सप्तरी । करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ । संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्...

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्...

हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेश पाउन असफल भएका छन् । सर्वोच्च अदालतले उनलाई प्राधि...

प्रतिनिधिसभा निर्वाचन: प्रचार–प्रसार अवधि १४ दिनको मात्रै हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले फागुन २१ गतेका लागि मिति तोकिएको निर्वाचनका तयारी तीव्र...

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कक क्षेत्रमा पक्राउ अभियान जारी

रामल्ला । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने ...

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाए...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्त...

लेबनानमा भएको इजरायली आक्रमणको इरानद्वारा निन्दा

तेहरान । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता“को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले ...

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending