मस्को । रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको रुसी सेनाले मङ्गलबार बताएको छ ।
जहाजहरूले पनडुब्बी विरोधी रणनीतिको अभ्यास गर्न ‘युद्धाभ्यास गरेर अघि बढेको’ बताइएको छ । दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेपछि यो गस्ती गरिएको हो । दुवै मित्र राष्ट्रबीच घनिष्ठ सम्बन्ध कायम हुँदा नाटोले बेइजिङलाई मस्कोको युक्रेन युद्धको ‘समर्थक’ भनेको छ ।
सेप्टेम्बरको प्रारम्भमा दुवै पक्षले संयुक्त समुद्री गस्तीमा भाग लिने र चीनले रुसको ‘ओसन–२०२४’ रणनीतिक अभ्यासमा भाग लिने चीनले बताएको थियो । जुलाईमा दुवै मुलुकले दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहर वरपरको जल र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।
रुस र चीनले हालैका वर्षहरूमा सैन्य र आर्थिक सहयोग बढाएका छन् । दुवैले ‘पश्चिमी प्रभुत्व’ विरुद्ध खासगरी विश्व मामिलामा अमेरिकी प्रभुत्व भनेर बुझ्ने कुराको विरोध गरिरहेका छन् । दुवै मुलुकले मस्कोले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गर्नु केही समयअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: