सर्लाही । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि सर्लाहीका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ । दसैँलगायत चाडपर्व आइसक्दासमेत कर्मचारीले तलबभत्ता र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीले रकम पाउन सकेका छैनन् । जसले गर्दा यसपटकको चाडपर्व खल्लो हुने भन्दै कर्मचारी तथा लाभग्राहीहरू निराश छन् ।
जिल्लाको चन्द्रनगर गाउँपालिका–६ की ५३ वर्षीया रतियादेवी माझीले सरकारले दिने सामाजिक सुरक्षाभत्ताले यसपटकको दसैँ तिहार मनाउने योजना बनाइन् । सोही भत्ता रकमले ६ जनाको परिवारमा खुसी ल्याउने योजना कार्यान्वयन नहुने भएपछि उनी निराश छिन् । “श्रीमानको मृत्युपछि परिवारको लालनपालनको जिम्मा मेरै काँधमा छ । घरमा दिगो आम्दानी गर्ने व्यक्ति नहुँदा ज्याला मजदुरीबाट आएको पैसाले परिवारको दुई छाक टार्नसमेत मुस्किल छ । भवितव्य परिहाले ऋण गर्नुको विकल्प छैन । यसपटक चाडपर्व सोही रकमले धान्ने योजना थियो तर हालसम्म रकम आएको छैन”, उनले भने, “तीन महिना बित्न लाग्यो रकम नपाएको, कार्यालयमा जाँदा आएको छैन भन्छन् सरहरुले । दसैँमा बालबालिकालाई मीठो मसिनो ख्वाउला सोचेको अब नसकिने भो ।”
जिल्लाको गोडैता नगरपालिका–१, पिपरियाका महेन्द्र कुशवाहा पनि भत्ता नआएपछि छटपटीमा छन् । दमको दीर्घरोगी उनलाई चाडबाडसँगै औषधिमूलो किन्नसमेत समस्या भएको छ । “भत्ताकै पैसाले औषधि किनेर खाने गरेको छ । आयआर्जनको अर्को उपाय छैन । नातिनातिना दसैँ आयो भन्दै आउँछन् । मिठाई किनेर दिनेसमेत क्षमता छैन”, उनले गुनासो गरे ।
उनीजस्तै समस्या छ नगरमा काम गर्ने कर्मचारीहरूको पनि । कविलसी नगरपालिका–२, स्थित बालगोविन्द जनता मावि पिपरियाका शिक्षक वीरेन्द्र साहले विभिन्न कारणले पालिकाको खाता सञ्चालन हुन नसक्दा तलबभत्तासमेत नपाएको दुःखेसो पोखे । चाडबाडको समयमा तलब नपाउँदा शिक्षकशिक्षिकालाई घरजानसमेत समस्या भएको उनले बताए । “दसैँ जस्तो चाडबाडको समय छ । घर जाँदा छोराछोरीले मीठोमसिनो, लत्ताकपडा माग्छन्, आफूले पारिश्रमिक पाएको छैन । कसरी घर जाने !”, उनले भने ।
यस पालिकाकामा आन्तरिक विवादका कारण हालसम्म नगरसभाबाट बजेट पारित हुनेसकेको छैन । त्यसैकारण आर्थिक कारोबार ठप्प छ । यस्तै, बसवरिया गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब जयलाल सहनीले तलबभत्ता नपाउँदा ऋण काडेर चाडबाड मनाउन बाध्य भएको बताए । “बच्चाबच्चीले तलब आएको छैन भनेर मान्दैन्न, दसैँको समय छ । सबैले लगाएको खाएको देख्छन् । घरमा आएर झगडा गर्छन् । काम गरेको कार्यालयले तलब दिनसकेको छैन”, उनले गुनासो गरे ।
माथि उल्लिखित सबै प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका सातवटा पालिकाले समयमै परिषद् गरेर खाता सञ्चालन नगर्दा सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राही, सयौँ कर्मचारी तथा पालिकाको विभिन्न क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था, कार्यालय तथा कम्पनीहरु प्रभावित बनेका छन् । समग्रमा आठ हजार सामाजिक सुरक्षाभत्ता लाभग्राही, करिब चार सय ५० कर्मचारीले यस्तो समस्या भोगेका छन् । २० पालिका रहेको सर्लाहीमा हालसम्म ईश्वरपुर, गोडैता र कविलासी नगरपालिका तथा पर्सा, बिष्णु, बसवरिया र चन्द्रनगर गाउँपालिकाले परिषद् सम्पन्न गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको नियमानुसार आवश्यक प्रक्रिया नपुर्याएकाले यी पालिकाहरूको खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त कोष नियन्त्रक रुपेशकुमार तिवारीले जानकारी दिए ।
अन्य आठ नगरपालिका र पाँच गाउँपालिकाले परिषद् सम्पन्न गरी पहिलो चौमासिक रकम निकासा गरेर नियमित तलबभत्ता वितरण गरिरहेका उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: