Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मधेशमा सुरक्षाका लागि १० हजार प्रहरी परिचालन

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा सोमबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा बसेको प्रदेशस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको बैठकमा प्रदेशको सुरक्षाको अवस्था र अगामी कार्य योजनाको विषयमा छलफल भएको छ । मधेश प्रदेश भरिमा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १० हजार प्रहरी परिचालन भएको बैठकमा सुरक्षा अधिकारीले जानकारी गराएको छ । 

नेपाल प्रहरीले राजमार्ग, मेला, हार्ट र संवेदनशील स्थानको सुरक्षाका लागि करिब ६ हजार प्रहरी परिचालन गरेको मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले जानकारी दिए । यसका साथै चाडपर्वमा अत्यधिक मात्रामा मान्छेहरू ओहोरदोहोर गर्ने भएकाले ठाउँ–ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिइएको जानकारी दिँदै सवारी दुर्घटनामा कमी ल्याउनका लागि ट्राफिक प्रहरीको सचेतना कार्यक्रम पनि भइरहेको उनले बताए । 

त्यसैगरी सुरक्षा बैठकमा दसैँ, दीपावली तथा छठ पर्वमा सिमानाबाट तस्करी, विस्फोटक पदार्थहरू चोरी पैठारी भएर आउने सम्भावनालाई दृष्टिगत गरेर सशस्त्र प्रहरीले प्रदेश भरिमा ४ हजार २ सय ६५ जना सशस्त्र प्रहरी परिचालन गरेको सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौबजीले जानकारी दिए । 

भारतबाट आउने पर्यटकका लागि धनुषाको जटही तथा पर्साको वीरगन्ज नाकामा पर्यटक सहायता कक्षको समेत स्थापना गरिइएको उनले बताए । यसका साथै प्रदेशभरिमा सशस्त्र प्रहरीको ५० वटा नागरिक सहायता कक्षका साथै २८ वटा विशेष पेट्रोलियम गस्ती परिचालन गर्ने काम भएको उनले जानकारी दिए । 

उनले यसका साथै आवश्यकताअनुसार नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले सुरक्षामा सहयोग गरिने गरी नीति बनाएको जानकारी दिए । कार्यक्रममा बोल्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले चाडपर्वको समयमा राजमार्गमा हुने गरेको सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन निर्देशन दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending