जनकपुरधाम । मधेश प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा सोमबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा बसेको प्रदेशस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको बैठकमा प्रदेशको सुरक्षाको अवस्था र अगामी कार्य योजनाको विषयमा छलफल भएको छ । मधेश प्रदेश भरिमा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १० हजार प्रहरी परिचालन भएको बैठकमा सुरक्षा अधिकारीले जानकारी गराएको छ ।
नेपाल प्रहरीले राजमार्ग, मेला, हार्ट र संवेदनशील स्थानको सुरक्षाका लागि करिब ६ हजार प्रहरी परिचालन गरेको मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले जानकारी दिए । यसका साथै चाडपर्वमा अत्यधिक मात्रामा मान्छेहरू ओहोरदोहोर गर्ने भएकाले ठाउँ–ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिइएको जानकारी दिँदै सवारी दुर्घटनामा कमी ल्याउनका लागि ट्राफिक प्रहरीको सचेतना कार्यक्रम पनि भइरहेको उनले बताए ।
त्यसैगरी सुरक्षा बैठकमा दसैँ, दीपावली तथा छठ पर्वमा सिमानाबाट तस्करी, विस्फोटक पदार्थहरू चोरी पैठारी भएर आउने सम्भावनालाई दृष्टिगत गरेर सशस्त्र प्रहरीले प्रदेश भरिमा ४ हजार २ सय ६५ जना सशस्त्र प्रहरी परिचालन गरेको सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौबजीले जानकारी दिए ।
भारतबाट आउने पर्यटकका लागि धनुषाको जटही तथा पर्साको वीरगन्ज नाकामा पर्यटक सहायता कक्षको समेत स्थापना गरिइएको उनले बताए । यसका साथै प्रदेशभरिमा सशस्त्र प्रहरीको ५० वटा नागरिक सहायता कक्षका साथै २८ वटा विशेष पेट्रोलियम गस्ती परिचालन गर्ने काम भएको उनले जानकारी दिए ।
उनले यसका साथै आवश्यकताअनुसार नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले सुरक्षामा सहयोग गरिने गरी नीति बनाएको जानकारी दिए । कार्यक्रममा बोल्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले चाडपर्वको समयमा राजमार्गमा हुने गरेको सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: