बनेपा । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । भौगोलिक विकटताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने अवस्था भएपछि हामी नेपाल, एयरलिफ्ट टेक्नोलोजीको सहकार्य तथा सामाजिक अभियन्ता परीक्षण हुमागाईँको पहलमा ड्रोनमार्फत आइतबार राहत सामग्री पठाइएको हो ।
सामाजिक अभियन्ता हुमागाईँले बाढीपहिरोका कारण सडक ध्वस्त भई आवतजावत गर्न समस्या देखिएको र बाढीपछि खाद्यान्न, बिजुलीको समस्या देखिएपछि पनौती नगरपालिका–१२ मगरगाउँमा ड्रोनमार्फत राहत सामग्री पठाइएको बताए ।
“हामी हिजो (शनिवार) बल्ल त्यो स्थानमा पुग्दा उक्त गाउँमा रहेका ८५ घरपरिवारमा खाद्यान्न, बिजुली, पोषणको समस्या देख्यौँ, हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाउने निधो गरेर काम अघि बढाएका हौँ” हुमागाईँले भने ।
उनले उक्त मगर गाउँमा रहेका ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको बताए । उनले दसैँअघि बाढीले ध्वस्त भएको सडक खुल्ने अवस्था नरहेको बताए । मगर गाउँमा राहत सामग्री पठाउनका लागि पनौती नगरपालिका –१२ भुमिडाँडाबाट ड्रोन उडाइएको हुमागाईँले बताए ।
सामाजिक उनले उक्त ड्रोनले एक पटकमा ६५ किलोग्राम राहत सामग्री ढुवानी गर्न सक्ने भए पनि हावाको बहावका कारण एक पटकमा २० किलोग्रामको दरले राहत सामग्री पठाइएको बताए । उनले आइतबार सबै कानुनी प्रक्रिया पूरा गर्ने क्रममा राहत सामग्री पठाउन ढिलो भएको बताउँदै सोमबार बिहानैबाट ड्रोनमार्फत राहत सामग्री पठाइसक्ने बताए ।
“पनौती –१२ मगर गाउँमा राहत सामग्री पठाइसकेपछि हामी जिल्लाको अन्यन्त्र हेलिकप्टर नपुगेको, बाटो नभएको स्थानमा प्राथमिकताको आधारमा राहत सामग्री पठाउनेछौँ, त्यसका लागि बाढीपहिरोले सबैभन्दा बढी क्षति भई समस्यामा रहेको बस्ती, घुरधुरीको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छौँ” उनले थपे । हुमागाईँले बाढीपहिरोबाट पीडित भएका धेरैभन्दा धेरै परिवारलाई ड्रोनमार्फत राहत उपलब्ध गराउन तयार रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: