Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि

खबरडबली संवाददाता

पाकिस्तान । पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पाृलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएको छ ।

सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य सङ्गठनले अफगानिस्तान र पाकिस्तानमा पोलियो सङ्क्रमितका विरामीहरू बढ्दै गएको भन्दै नियन्त्रणका थप उपाय अवलम्बन गर्न चेतावनी दिएको थियो । खामा प्रेसका अनुसार कान्दाहार प्रान्तमा दुई र अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक जनामा सङ्क्रमणको रिपोर्ट गरिएको छ । अफगानिस्तानमा तालिबान शासनद्वारा खोप प्रतिबन्धपछि पोलियो सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ । 

डब्ल्यूएचओले पाकिस्तानमा तीनवटा नयाँ पोलियो सङ्क्रमित भेटिएको पुष्टि गरेको छ भने देशभर यसको सङ्ख्या २६ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्नायु प्रणालीमा आक्रमण गर्ने अत्यधिक सङ्क्रामक पोलियो भाइरसका कारण पोलियो रोगको लाग्छ । यो व्यक्ति–व्यक्तिको सम्पर्क वा दूषित खाना वा पानी उपभोगबाट फैलिन्छ । यो भाइरस मल–मुत्र वा संक्रमित व्यक्तिको घाँटीबाट निस्कने थोपाबाट सर्छ । 

पोलियो सङ्क्रमितमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, थकान महसुस हुने र हातखुट्टा दुख्नेजस्ता लक्षण देखिन्छन् । पोलियो खोप लगाएर पोलियोबाट बच्न सकिन्छ भने यसले बच्चालाई जीवनभर जोगाउन सक्छ । खामा प्रेसले सार्वजनिक गरेको तथ्याङ् अनुसार यस वर्षको सुरुदेखि नै अफगानिस्तानमा २० भन्दा बढी र पाकिस्तानमा २४ वटा पोलियोका घटनाहरू रेकर्ड भइसकेका छन् । 

यसअघि, डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मन्धारीले ‘अफगानिस्तान र पाकिस्तानले मिलेर काम गर्नुपर्ने उल्लेख गरेको थियो । यद्यपि, प्रयासहरू कम भई सीमाको वरिपरि तनावले अफगानिस्तान र पाकिस्तान दुवैमा रोगविरूद्धको चिकित्सकीय हस्तक्षेप र प्रयासहरूलाई ओझेलमा पारेको छ ।”

युनिसेफ र डब्ल्यूएचओजस्ता विभिन्न संस्थाहरूको नेतृत्वमा विश्वव्यापी पोलियो उन्मूलन प्रयासले पोलियो सङ्क्रमणका घटनामा उल्लेखनीय सुधार भने आएको छ । यद्यपि, पाकिस्तान र अफगानिस्तानमा अहिले पनि एउटै क्षेत्र वा समुदायभित्र पोलियोको सङ्क्रमण दोहोरिने र सङ्क्रमितका घटनामा वृद्धि हुने क्रम जारी रहेको पाइन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: