Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले किस्तामा घुस लिएको आराेप

खबरडबली संवाददाता

बैतडी । जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको छ । 

कार्यालय प्रमुख अशोक सार्कीले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ । कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट छुट जग्गाको फाइल दर्ता गर्नेबेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, कर्मचारीलाई मिलाउनुपर्ने भन्दै २०८१ भदौ १७ गते २० हजार, काम सम्पन्न गरी दस्तखत गर्ने बेला असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको पीडितको गुनासो छ । 

कार्यालय प्रमुखले पटक पटक घुस लिएको अडिओ–भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको सेवाग्राही नरबहादुर विष्टले बताए । काम हुन्छ भन्दै छ महिनासम्म झुलाएर पाँच पटक घुस दिन बाध्य भएको उनले पीडा सुनाए । सेवाग्राही विष्टले भने, “हाकिमसापलाई ५१ हजार दुईसय रुपियाँ नगद र बैतडीबाट घर बिदा जाने बेला पाटन नगरपालिका –८, खोड्पे बजारमा १० किलो आलुसमेत दिएको छु । काम हुन्छ भनेपछि नगदसहित १० किलो आलु दिएँ ।”

घुस लिएको भिडिओका विषयमा कार्यालय प्रमुख सार्कीले सेवाग्राही आफैले टेबुलमा राखिदिएको बताए । उनले भने, “खाड्पेतिरका सेवाग्राही आफैले टेबुलमा पैसा राखिदिएका हुन् । फोटो पनि खिचेका रहेछन् । त्यस्तो त खासै होइन, आफैले दिएका हुन् ।”  कार्यालय प्रमुख सार्कीले सेवाग्राहीलाई फोन गरेर, भेटेर मात्र होइन, घुसको अन्तिम किस्ता कार्यालयमै लिएको भिडिओ सार्वजनिक भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: