Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बलान नदी कटानले जोखिममा बस्ती

खबरडबली संवाददाता

सिरहा । केही दिनअघिको वर्षाले सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन  कटान गरेको छ । यहाँको बलान नदीले तटबन्ध भत्काउँदा किनाराका बस्ती बगाउने त्रासमा स्थानीय छन् । 

सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीको बाढीले तटबन्ध भत्काएर लहान-४ स्थित इस्लामपुरको बस्तीमा पसेको थियो । करिब तीन सय मिटर तटबन्ध भत्काएर बस्तीमा बाढी पसेपछि ३० घरपरिवार बिचल्लीमा परे । सयौँ बिघाको धानखेत क्षणभरमै सखाप भयो । “एक्कासि बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भागाभाग भयो,” लहान-४ इस्लामपुरका बाढीपीडित मो सदरुर मियाँले भने, “नदीले तटबन्ध नै भत्काएछ ।”

मियाँको जस्तै समस्या लहान—२३ तिलेबोनाका गङ्गाप्रसाद यादवले पनि भोगिरहेका छन् । हरेक वर्ष बलान नदीले जमिन कटान गर्दा बस्ती बगाउने चिन्तामा रातदिन बस्नुपरेको उनले बताए । “दशकौँदेखि गरिखाने जमिन आँखै अगाडि हेर्दाहेदै नदीले निलेको हेर्न विवश छौँ । यो नदीले हामीलाई रित्तो बनाइदियो, सबै सकियो । ओत लाग्ने घर पनि बाढीले कुन दिन बगाउने हो, टुङ्गो छैन”, यादवले भने । 

बाढीले तिलेबोनामा मात्रै १० बिघा खेतीयोग्य जग्गासँगै आँपको बगान बगाएको छ । नदीले कटान गरी गाउँ नजिक पुगिसकेकाले तत्कालै नियन्त्रण नगरेमा दक्षिणी भेगका सखुवानान्कारकट्टी र भगवानपुर गाउँपालिका प्रभावित हुने स्थानीय बताउँछन् । “हिउँदमा चकमन्न भएर बग्ने बलान नदी वर्षातसँगै भेल बाढी मात्र बग्दैन, नदीकिनार बासिन्दाको आँसु पनि सँगै बग्छन्”, सखुवानन्कारकट्टी गाउँपालिकाको-४ का हरिलाल यादवले भने । उनका अनुसार पछिल्लो दशकमा नदीले बसनपुरमा २२, भगवतीपुर मौजीमा ५१, सिम्राहा मौजीमा ८४ बिघा जमिन कटान गरिसकेको छ । सयौँ बिघा नम्बरी जग्गा बगर बनाएको छ । नदी सोझिएको बस्ती तर्फ लागेको यादव बताउँछन् । 

कुनै बेला जमिनदारको गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायतका गाउँको परिचय अहिले मेटिएको छ । नदीले करिब १५ वर्षअघि धार परिवर्तन गरी बस्तीतिर सोझिएपछि विपद् सुरु भएको थियो । त्यसयता लहान नगरपालिकाको वडाअन्तर्गत ३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेवोना तथा भगवानपुर गाउँपालिकाको १, ३ र ४ नम्बर वडाअन्तर्गत भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको उच्च जोखिममा छन् । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका डिभिजन प्रमुख हसमत अन्सारीका अनुसार नदी नियन्त्रणको लागि पर्याप्त बजेट उपलब्ध छैन । उनले भने, “स्थानीय तह र प्रदेश सरकारबाट जे जति काम भएको छ, त्यो पर्याप्त छैन ।” बलान नदी नियन्त्रणको लागि लहान नगरपालिकाले वडा नं २३ स्थित तिलेबोनामा अघिल्लो आवमा रु ५० लाख बढी खर्चेर करिब एक सय ५० मिटर तटबन्ध निर्माण गरेको थियो । गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारबाट बलान नदी नियन्त्रणको लागि रु ९५ लाख खर्चेर करिब पाँच सय मिटर तटबन्ध निर्माण गरिएको थियो । 

लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बलान नदी नियन्त्रणको लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगको आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: