सिरहा । केही दिनअघिको वर्षाले सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । यहाँको बलान नदीले तटबन्ध भत्काउँदा किनाराका बस्ती बगाउने त्रासमा स्थानीय छन् ।
सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीको बाढीले तटबन्ध भत्काएर लहान-४ स्थित इस्लामपुरको बस्तीमा पसेको थियो । करिब तीन सय मिटर तटबन्ध भत्काएर बस्तीमा बाढी पसेपछि ३० घरपरिवार बिचल्लीमा परे । सयौँ बिघाको धानखेत क्षणभरमै सखाप भयो । “एक्कासि बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भागाभाग भयो,” लहान-४ इस्लामपुरका बाढीपीडित मो सदरुर मियाँले भने, “नदीले तटबन्ध नै भत्काएछ ।”
मियाँको जस्तै समस्या लहान—२३ तिलेबोनाका गङ्गाप्रसाद यादवले पनि भोगिरहेका छन् । हरेक वर्ष बलान नदीले जमिन कटान गर्दा बस्ती बगाउने चिन्तामा रातदिन बस्नुपरेको उनले बताए । “दशकौँदेखि गरिखाने जमिन आँखै अगाडि हेर्दाहेदै नदीले निलेको हेर्न विवश छौँ । यो नदीले हामीलाई रित्तो बनाइदियो, सबै सकियो । ओत लाग्ने घर पनि बाढीले कुन दिन बगाउने हो, टुङ्गो छैन”, यादवले भने ।
बाढीले तिलेबोनामा मात्रै १० बिघा खेतीयोग्य जग्गासँगै आँपको बगान बगाएको छ । नदीले कटान गरी गाउँ नजिक पुगिसकेकाले तत्कालै नियन्त्रण नगरेमा दक्षिणी भेगका सखुवानान्कारकट्टी र भगवानपुर गाउँपालिका प्रभावित हुने स्थानीय बताउँछन् । “हिउँदमा चकमन्न भएर बग्ने बलान नदी वर्षातसँगै भेल बाढी मात्र बग्दैन, नदीकिनार बासिन्दाको आँसु पनि सँगै बग्छन्”, सखुवानन्कारकट्टी गाउँपालिकाको-४ का हरिलाल यादवले भने । उनका अनुसार पछिल्लो दशकमा नदीले बसनपुरमा २२, भगवतीपुर मौजीमा ५१, सिम्राहा मौजीमा ८४ बिघा जमिन कटान गरिसकेको छ । सयौँ बिघा नम्बरी जग्गा बगर बनाएको छ । नदी सोझिएको बस्ती तर्फ लागेको यादव बताउँछन् ।
कुनै बेला जमिनदारको गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायतका गाउँको परिचय अहिले मेटिएको छ । नदीले करिब १५ वर्षअघि धार परिवर्तन गरी बस्तीतिर सोझिएपछि विपद् सुरु भएको थियो । त्यसयता लहान नगरपालिकाको वडाअन्तर्गत ३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेवोना तथा भगवानपुर गाउँपालिकाको १, ३ र ४ नम्बर वडाअन्तर्गत भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको उच्च जोखिममा छन् ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका डिभिजन प्रमुख हसमत अन्सारीका अनुसार नदी नियन्त्रणको लागि पर्याप्त बजेट उपलब्ध छैन । उनले भने, “स्थानीय तह र प्रदेश सरकारबाट जे जति काम भएको छ, त्यो पर्याप्त छैन ।” बलान नदी नियन्त्रणको लागि लहान नगरपालिकाले वडा नं २३ स्थित तिलेबोनामा अघिल्लो आवमा रु ५० लाख बढी खर्चेर करिब एक सय ५० मिटर तटबन्ध निर्माण गरेको थियो । गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारबाट बलान नदी नियन्त्रणको लागि रु ९५ लाख खर्चेर करिब पाँच सय मिटर तटबन्ध निर्माण गरिएको थियो ।
लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बलान नदी नियन्त्रणको लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगको आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: