सुनसरी । सुनसरीको इनरुवा नगरपालिका ४ का बाढीपीडित १० परिवारले आठ दिनदेखि भोकभोकै बसेको गुनासो गरेका छन् ।
एकसाता अघि सुनसरी खोलामा आएको बाढीले डुबानमा परेको र घर बगाएपछि विस्थापित बनेका १० परिवार मरिक र सदा सुकुम्बासीको जनजीवन प्रभावित भएको हो । सकुम्बासी बस्तीका बाढीपीडित आठ दिनदेखि एकछाक भुजा मात्रै खाएर बाँकी समय भोकभोकै बसेको विस्थापित अनुशा मरिकले गुनासो गरे ।
गत हप्ताको तीन दिनसम्म परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले घर डुबानमा परेका १० परिवार मरिक र सदा सुकुम्बासी आठ दिनअघि विस्थापित भएर इनरुवा ४ को ज्ञानोदय आधारभूत विद्यालयमा बस्दै आएका छन् ।
विस्थापितको दैनिक दिनचर्या मजदुरी गरेर खाने गरेकोमा बाढीपछि रोजगारीसमेत नपाएकाले आठ दिनदेखि भोकभोकै बस्न बाध्य भएको गुनासो गरेका छन् । बाढीबाट विस्थापित मनभरन मरिकका अनुसार बाढीमा भाँडावर्तनसमेत बगाएपछि आफूहरुलाई खाना बनाउन र बस्न समस्या भएको छ । मरिकले आफूहरुको पीडितलाई सुन्ने कोही पनि नआएको र विद्यालयमा बस्दै आएकोमा पहिलो पटक मानवअधिकारकर्मी र मिडियाका व्यक्ति आएको बताए ।
उता इनरुवा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बौवालाल मेहताले केही परिवार मरिक र सदा सुकुम्बासीलाई दुई दिनअघि राहत वितरण गरेको र कोही भोकभोकै नबसेको दाबी गरे । पीडितहरुले थप राहतका लागि गुनासो गरेकोमा त्यसका लागि जिल्ला प्रशासन कार्यालय, इनरुवा नगरपालिका दैवी प्रकोप समितिमा जानकारी गराएको पहलमा जुटेको प्रतिक्रिया दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: