Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

रैथाने नाचको सँरक्षणमा कलाकारको जोड

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा अझै पनि करिब ८ सयवटा रैथाने नाचहरु रहेकाले ती नाचहरुलाई सँरक्षण गर्न कलाकारहरुले आह्वान गरेका छन् । राष्ट्रिय नृत्य संघ नेपालले आयोजना गरेको त्री दिवसीय रैथाने नृत्य कार्यशालामा कलाकारहरुले यस्तो अपिल गरेका हुन् । 
नेपालका प्रथम नृत्य निर्देशक निर्देशक भैरवबहादुर थापाले नेपालका यस्ता रैथाने नाच जोगाउन आबस्यक भएको बताए । नाचघरमा आफु नृत्य निर्देशक रहँदा देशभरका विभिन्न नाचलाई सँरक्षण गरेको बताएका छन् ।
बिहिबारदेखि सुरु सुरु भएको ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ शनिबार बेलुका सम्पन्न भएको छ । यो प्रशिक्षणमा देशभरका ६ दर्जन भन्दा बढी कलाकारहरुले नृत्य प्रशिक्षण लिए । उनीहरुलाई नृत्य निर्देशक भैरवबहादुर थापाले प्रमाणपत्र प्रदान गरे ।
सो समारोहमा शिक्षाविध बिद्यानाथ कोईराला, आदिबासी जनजाती महासँघका अध्यक्ष रामबहादुर थापा, साँसदद्धय शान्ति मोदी, रेणु शाह, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, थारु नृत्य विशेषज्ञ नन्दु चौधरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हार्तमछालीलगायतले रैथाने लोकनृत्य सँरक्षण गर्ने बारेमा आफ्ना भनाई राखे । यस्ता लोकनाच संरक्षणका लागि केन्द्रिय सरकारदेखि स्थानीय निकायसम्मको योगदान हुनुपर्ने उनीहरुको कथन थियो ।     
राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले यसरी शनिबार विभिन्न वक्ताहरुले कार्यक्रममा व्यक्त गरेको भनाईलाई प्रतिवेदनको रुपमा तयार गरेर नेपाल सरकारलाई बुझाउने सो क्रममा बताए । बिहिबारबाट काठमाडौंमा आयोजना गरेको तीन दिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’को सोचे भन्दा उत्कृष्ट भएको पनि उनले बताए । 
यो नृत्य प्रशिक्षणमा ६ दर्जन भन्दा बढी कलाकारहरुलाई राई समुदायको साकेला र मगर समुदायको जिवैमामा नाच सिकाईएको थियो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending