काठमाडौं । नेपालमा अझै पनि करिब ८ सयवटा रैथाने नाचहरु रहेकाले ती नाचहरुलाई सँरक्षण गर्न कलाकारहरुले आह्वान गरेका छन् । राष्ट्रिय नृत्य संघ नेपालले आयोजना गरेको त्री दिवसीय रैथाने नृत्य कार्यशालामा कलाकारहरुले यस्तो अपिल गरेका हुन् ।
नेपालका प्रथम नृत्य निर्देशक निर्देशक भैरवबहादुर थापाले नेपालका यस्ता रैथाने नाच जोगाउन आबस्यक भएको बताए । नाचघरमा आफु नृत्य निर्देशक रहँदा देशभरका विभिन्न नाचलाई सँरक्षण गरेको बताएका छन् ।
बिहिबारदेखि सुरु सुरु भएको ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ शनिबार बेलुका सम्पन्न भएको छ । यो प्रशिक्षणमा देशभरका ६ दर्जन भन्दा बढी कलाकारहरुले नृत्य प्रशिक्षण लिए । उनीहरुलाई नृत्य निर्देशक भैरवबहादुर थापाले प्रमाणपत्र प्रदान गरे ।
सो समारोहमा शिक्षाविध बिद्यानाथ कोईराला, आदिबासी जनजाती महासँघका अध्यक्ष रामबहादुर थापा, साँसदद्धय शान्ति मोदी, रेणु शाह, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, थारु नृत्य विशेषज्ञ नन्दु चौधरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हार्तमछालीलगायतले रैथाने लोकनृत्य सँरक्षण गर्ने बारेमा आफ्ना भनाई राखे । यस्ता लोकनाच संरक्षणका लागि केन्द्रिय सरकारदेखि स्थानीय निकायसम्मको योगदान हुनुपर्ने उनीहरुको कथन थियो ।
राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले यसरी शनिबार विभिन्न वक्ताहरुले कार्यक्रममा व्यक्त गरेको भनाईलाई प्रतिवेदनको रुपमा तयार गरेर नेपाल सरकारलाई बुझाउने सो क्रममा बताए । बिहिबारबाट काठमाडौंमा आयोजना गरेको तीन दिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’को सोचे भन्दा उत्कृष्ट भएको पनि उनले बताए ।
यो नृत्य प्रशिक्षणमा ६ दर्जन भन्दा बढी कलाकारहरुलाई राई समुदायको साकेला र मगर समुदायको जिवैमामा नाच सिकाईएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: