पाेखरा । पोखरा महानगरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमित बढेसँगै महानगरमा यसबाट पाँच जनाको मृत्यु भइसकेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बिहीबार १३ वर्षीय बालकको मृत्यु भएको हो । तनहुँ र म्याग्दीका एक/एक जनाको यसबाट मृत्यु भइसकेको छ । गण्डकी प्रदेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले उपचारका क्रममा डेङ्गु सङ्क्रमित स्याङ्जा घर भई पोखरा–१५, नयाँगाउँ बस्ने सुशान्त सारुको मृत्यु भएको जानकारी दिए ।
सरुका बुवा परिवारको सम्पर्कमा हुनुहुन्न भने आमा वैदेशिक रोजगारीमा छिन् । पोखरा महानगरमा यसअघि यस एक पुरुष र तीन महिलाको डेङ्गी सङ्क्रमणबाट ज्यान गइसकेको छ । यसअघि वृद्धवस्थाका बिरामीको ज्यान गएकोमा प्रदेशमै पहिलो पटक बालकको डेङ्गुका कारण ज्यान गएको हो ।
प्रदेशमा सबैभन्दा बढी कास्कीमा चार हजार नौ सय २३ जना सङ्क्रमित रहेकोमा पोखरा महानगरका मात्रै चार हजार आठ सय १५ जना छन् । पोखरापछि सबैभन्दा बढी सङ्क्रमित तनहुँको आबुँखैरेनी गाउँपालिकामा एक हजार तीन सय आठ जना छन् । गण्डकी प्रदेशमा नौ हजार सात सय १२ जना सङ्क्रमित पुगेका छन् । मुस्ताङ तीन जना सङ्क्रमित हुँदा अहिलेसम्म मनाङमा भने डेङ्गु देखिएको छैन ।
कास्कीपछि तनहुँमा तनहुँमा दुई हजार चार सय ४६ जना डेङ्गु सङ्क्रमित छन् । लमजुङमा ९४, नवलपुरमा एक सय २३ जना, म्याग्दी एक सय ४५ जना, बागलुङमा तीन सय २४ जना, स्याङ्जा तीन सय ४४ जना, गोरखामा चार सय ५० जना र पर्वतमा आठ सय ५८ जना संक्रमित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: