Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

खबरडबली संवाददाता

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा व्यस्त छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको भ्रमण टोलीमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा यही ‘सेप्टेम्बर २१ तारिख’का दिन  क्यानाडाबाट न्युयोर्क आइपुगेकी हुन् ।

उनी क्यानाडामा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएर न्युयोर्क आएपछि व्यस्त कार्यसूचीका बीच आन्तरिक भेटाघाट, छलफलमा खटिरहेकी छन् । प्रधानमन्त्री ओलीले नेतत्व गरेको भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका हैसियतले डा राणा राष्ट्रसङ्घसम्बद्ध  विभिन्न कार्यक्रमका अतिरिक्त द्विपक्षीय एवं बहुपक्षीय भेटघाटमा व्यस्त रहेकी छन् । विशेषगरी नेपालका मुख्य विकास साझेदार देशका प्रमुख तथा प्रतिनिधिहरुसँगको भेटघाट तथा छलफल कार्यक्रमले  प्राथमिकता पाएको देखिन्छ । साथै न्युयोर्कमा रहँदा उनले विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्तासहित केही देशसँग नेपालका तर्फबाट समझदारी पनि गरिरहेका छन् ।

साधारणसभाका अवसरमा न्युयोर्कमा आयोजना भएका महिला सशक्तीकरण, प्रजनन स्वास्थ्य तथा महिला नेतृत्व, जलवायु परिवर्तन एवं अतिकम विकसित राष्ट्रहरुका फोरममा उनको सक्रिय सहभागिता रहेको छ । परराष्ट्रमन्त्री डा राणाले नेपालले संवैधानिक रूपमा व्यवस्था गरेको महिला अधिकारदेखि सरकारले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका साथै गत वर्षको अक्टोबरमा हमास विद्रोहीले अपहरण गरेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि विश्वको ध्यानाकर्षण गराइरहेका छन् । मन्त्री डा.राणाले महिलाको प्रजनन अधिकारसम्बन्धी फोरममा दिएको सम्बोधनले यहाँ उपस्थित विश्वका महिलाहरुको ध्यानाकर्षण गर्न सफल भएको थियो ।  सम्बोधनका क्रममा नेपालमा महिलाको प्रजनन अधिकार तथा सुरक्षित मातृत्वका क्षेत्रमा गरेका कामको जानकारीले सहभागीहरू  निकै उत्साहित भएका थिए ।

विकसित देशहरुमा समेत अझै पनि गर्भपतनका कारण ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले हामीहरु हाम्रो संविधानमा नै महिलाको अधिकारका लागि संवेदनशील विषयलाई सम्बोधन गराउन सफल भएका छौँ भनेर उनले दिएको जानकारी यहाँका धेरै महिला नेतृत्वका लागि प्रेरणा बनेको उनीहरुको भनाइ थियो ।

मन्त्री डा राणाले राष्ट्रसङ्घका उपमहासचिवहरुसँग विभिन्न विषयमा छलफल गरेकी थिइन् । खासगरी राष्ट्रङसङ्घीय शान्ति स्थापना अभियानमा खटिने नेपाली सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउन उनले गरेका उच्चस्तरीय भेटवार्ताहरु महत्वपूर्ण रहेका छन् । उनले शान्ति मिसनसँग सरोकार राख्ने राष्टसङ्घका उपमहासचिव जाँ पिय लाख्वासँग भेट गर्दा पनि यी विषयलाई उच्च प्राथमिकताका साथ उठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अल्पविकसित देशहरुका तर्फबाट परराष्ट्रमन्त्री डा राणाले ‘जी २०’ का विदेश मन्त्रीहरुको बैठकमा पनि आफ्ना धारणा राख्ने अवसर प्राप्त गरेकी थिइन् । विश्वका धनी राष्ट्रहरुका बिचमा उनले राखेका विचारले विकासशील राष्ट्रहरुका लागि लाभ पुग्ने अपेक्षा गरिएको छ । नेपालले कम विकसित देशहरुको समूहको अध्यक्षका हैसियतले उक्त फोरम प्राप्त गरेको हो । यसैगरी, मन्त्री डा राणाले ‘सोसलिष्ट इन्टरनेसनल’को फोरममा पनि आफ्नो मन्तव्य राख्दै सो सङ्गठनको मान्यताबमोजिम नै समानता तथा सामाजिक न्याय प्राप्त गर्ने अवसरबाट विश्वका कोही पनि  वञ्चित हुन नपर्ने धारणा व्यक्त गरेकी थिइन् । जसलाई उपस्थित सहभागी नेताहरूले सरहाना गरेका थिए । 

अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागी विभिन्न देशका कूटनीतिज्ञ तथा उच्च पदस्थ अधिकारीहरुबिच भएका छलफलमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै नेपालको ‘एजेन्डा’मा उनीहरुको मत समावेश गराउने काम उनले गरेकी छन् । उनले आफ्ना प्रस्तुति राख्दा समयको पाबन्दीको ख्याल गर्दै बैठक, छलफल तथा भेटघाटमा उपलब्ध समयको अधिकतम सदुपयोग गरिरहनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा रहेकी परराष्ट्रमन्त्री डा राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, स्पेनका प्रधानमन्त्री पेडो सान्चेज, कुवेतका राजकुमार तथा प्रधानमन्त्री शेख सवहसँग भेट गरेकी थिइन् । यसैगरी नेपालको विकासमा महत्वपूर्ण साझेदारी गर्दै आएको देश फिनल्यान्डका विदेशमन्त्री भिल्ले ताविओसँग पनि भेट गरेर ५० वर्षको सम्बन्धलाई सिंहावलोकन गरिन् । 

उनले इन्डोनेसिया र सर्वियासँग कूटनीतिक तथा सरकारी सेवाका पासपोर्ट वाहकलाई भिसा निःशुल्क दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकी थिइन् भने बुरुण्डीका विदेश मन्त्रीलाई भेटेर द्विपक्षीय सम्बन्धका विविध आयामहरुमा छलफल पनि गरिन् । त्यस्तै, नेपाललाई हाल महत्वपूर्ण रोजगारीको गन्तव्य प्रदान गरिरहेको दक्षिण कोरियासँगको सम्बन्धका बारेमा त्यहाँका विदेशमन्त्रीसँग भेटेर छलफल गरेकी थिइन् । उल्लिखित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटका अवसरमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य र मानवअधिकार परिषदमा नेपालले दिएको उम्मेदबारको पक्षमा सहयोग गर्न डा राणाले आग्रह गरेकी छन् । नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा उमेदवारी दिएर चर्चा कमाउने मात्र नभई जितका लागि अधिकतम कूटनीतिक पहल गर्नुपर्छ भन्ने सोचका साथ नेपालका पक्षमा मत मागिरहनुभएको परराष्ट्र मन्त्रालयको सचिवालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: