काठमाडौं । टुरिजम रिसर्च एण्ड टेनिंग इन्स्टिच्युट (टिआरटिआइ) को तेस्रो नेशनल टुरिजम कन्फ्रेन्स सम्पन्न भएको छ । कोशी, मधेश र बागमती प्रदेशका चारवटा विद्यालयका विद्यार्थीले सातै प्रदेशलाई प्रतिनिधित्व गरेर सांस्कृतिक नृत्य तथा पर्यटन र सम्भावनाका विषयमा खोजमूलक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पर्यटनमा योगदान पुराउने पाँचजना युवालाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटनको सम्भावनालाई उजागर गर्न अनुसन्धान आवश्यक रहेको बताए । उनले भने, “नेपालमा पर्यटन बलियो भविष्य र सम्भावनाले भरिएको क्षेत्र हो । तर यसमा जति अनुसन्धान हुनु पर्ने हो त्यो हुन सकको छैन । विविधताले भरिपूर्ण नेपाल पर्वतीय र साहसिक पर्यटनको गन्तव्यका रूपमा विश्वमा बढी परिचित रहेकाले नेपाललाई लाइभटाइम एक्सपेरियन्सका रूपमा अगाडि बढाउने गरी हामी काम गर्दैछौँ ।”
त्यस्तैगरी, पूर्वसचिव केदारबहादुर अधिकारीले पर्यटन समृद्धिको आधारमार्फत देशलाई समुन्नत बनाउन दिगो पर्यटनको आधार र सम्भावनाबारे प्रस्ट हुनुपर्ने बताए । पर्यटन व्यवसाय अर्थतन्त्रमा समेत ठुलो योगदान पुराउने क्षेत्र भएकाले नेपाल जस्तो भूपरिवेष्टित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको आवश्यकता रहेकोमा उनले जोड दिए ।
टीआरटीआइका अध्यक्ष मदनकुमार बरालले नेपालमा पर्यटनका अपार सम्भावना रहेकाले यसको प्रर्वद्वनमा राज्य र नागरिक सबैले एकजुट भएर लाग्नु पर्ने बताए । संस्थाका निर्देशक सरोज प्याकुरेलले देशमा पर्यटन सचेतनाका आवश्यकता औँल्याउँदै त्यसका लागि संस्थाले नेपाल टुरिजम बोर्डको सहकार्यमा देशभर १४५ वटा टुरिजम क्लबहरू गठन गरिएको जानकारी गराए । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, होमस्टे महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष धनेश्वर बस्याल, हस्पिटालिटि एजुकेशनिष्ट वसन्त प्रसाद जोशी तथा लिभ्लिउड एस्सपर्ट तथा एसटिएलआरपीका एक्टिंग एनपीएम धर्म दवाडीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पर्यटन र शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनाले सम्मान तथा दुई जनालाई विद्यार्थी पर्यटन दूत तथा युवा पर्यटन दूत नियुक्त गरिएको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका विद्यासागर स्कुल बौद्ध प्रथम, जनकपुरको मोनाष्टिक स्कुल द्वितीय तथा कीर्तिपुरको नेपाल एपिएफ स्कुललाई क्रमशः, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: