मेक्सिको । मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ ।
नुएभो लियोन राज्य सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, सुरक्षाकर्मीले एक सशस्त्र समूहलाई पछ्याउने क्रममा उनीहरूले गोली चलाएपछि भएको झडपमा ११ जना बन्दूकधारीको गोली लागी मृत्यु भएको छ भने एक जनालाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सुरक्षाकर्मीले उक्त सशस्त्र समूहबाट हतियार र सवारी साधन जफत गरेको छ ।”
कमाण्ड पोस्टमा आक्रमण भएपछि हवाई र स्थलमार्गबाट खोजी सुरु गरिएको र सुरक्षा फौजतर्फ कुनै हताहती भएको छैन । सुरक्षाकर्मीले करिब आठवटा पिकअप ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो । हिरासतमा लिइएका संदिग्ध व्यक्ति राजमार्गमा छद्म भेषमा हतियार र सामरिक उपकरण बोकेर हिँडेका थिए ।
मेक्सिकोमा सुरक्षा बल र संदिग्ध कार्टेल सदस्यहरूबीच भिडन्त हुने गरेको छ । सन् २००६ देखि अहिलेसम्म ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोमा चार लाख ५० हजारभन्दा बढी मानिसको सशस्त्र झडपमा मृत्यु भइसकेको छ । देशको सबैभन्दा शक्तिशाली र हिंस्रक लागूऔषध गिरोहमध्येको एक उत्तरपश्चिमी राज्य सिनालोआमा लागु औषधको ओसारपसार गर्ने समूहमा आन्तरिक कलहका कारण यो महिना दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।
गत जुलाईको अन्त्यतिर सिनालोआ लागु औषत्र कारोबार गर्ने संस्थाका सहसंस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडालाई अमेरिकी भूमिमा अचानक पक्राउ गरिएपछि यो हिंसा भएको हो । निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले सामाजिक कार्यक्रममार्फत गरिबी र असमानतासँग जुझ्दै हिंसात्मक अपराधसँग जुध्न ‘हग्स नट बुलेट्स’ रणनीतिको वकालत गरिरहेका समय पछिल्लो झडप र मृत्यु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: