Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

चुरे क्षेत्रमा वर्षाको असर : राजमार्ग अवरुद्ध

खबरडबली संवाददाता

बर्दिबास। शनिबार राति चुरे क्षेत्रमा परेको वर्षाले उत्तरी भेगको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हावाहुरीले राजमार्गदेखि ग्रामीण सडकसम्म क्षति गरेको छ । 

केही स्थानमा घरका छाना उडाउनुका साथै बालीनालीमा क्षति पुगेको छ । प्रहरीका अनुसार महेन्द्र राजमार्ग अन्तर्गत बर्दीबास–५ स्थित जङ्गली क्षेत्रमा निर्माणाधीन बेलगाछी पुलको डाइभर्सन बाढीले बगाएपछि शनिबार राति करिब तीन घण्टा सवारी आवागमन अवरुद्ध भएको थियो । 

मध्यरातमा आएको बाढीले डाइभर्सनमा जडान गरिएका चार वटा ह्युमपाइप माथिको माटो बगाउँदा सयौं सवारी साधन जाममा परेका थिए । बर्दीबासस्थित इलाका प्रहरी कार्यालयका डिएसपी गुरुप्रसाद तिमिल्सिनाका अनुसार तत्काल खोलाको बहाव कम हुने सम्भावना नदेखिएपछि सिरहा र सर्लाहीबाट आउने केही सवारी साधनलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गरिएको थियो । 

लामो दूरीका सार्वजनिक सवारी साधनसमेत जाममा परेपछि यात्रुहरूले सास्तीमा परेका थिए । राजमार्गको गौशाला रोडस्थित प्रहरी चौकीका असइ सुधिर सिंहका अनुसार काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदैगरेको यात्रुबाहक बस बाढीले डुबाएको डाइभर्सनमा फसेपछि आवागमन थप प्रभावित हुनुका साथै उद्धारसमेत कठिन बनेको थियो ।

रातभर प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा उद्धार तथा व्यवस्थापन कार्य सञ्चालन गरे पनि चुरे क्षेत्रमा वर्षा रोकिँदै जाँदा बाढीको बहाव कम भएपछि राति करिब साढे २ बजे सडक सञ्चालनमा ल्याइएको थियो । 

आइतबार बिहानसम्म खोलाको बहाव सामान्य भए पनि डाइभर्सन क्षेत्रमा हिलो र पानी जमेकाले पूर्व–पश्चिमतर्फका सवारी साधनलाई आलोपालो रूपमा सञ्चालन गरिएको असई सिंहले जानकारी दिए। 

अर्कोतर्फ शनिबार रातिकोे वर्षापछि उत्तरी भेगका सिरखोला, गढन्ता, ढुङ्ग्रे, खयरमारा र मडहा लगायतका खोलामा आएको बाढीले चुरे क्षेत्रका करिब ८ सय परिवार प्रभावित भएका छन् । बाढीका कारण मेलापात, पठनपाठन तथा स्वास्थ्य सेवा समेत प्रभावित भएको बर्दीबास–४ का वडाध्यक्ष काहारमान स्याङवाले बताए। 

उनका अनुसार गाउँबस्ती र सेवा प्रदायक निकायबिच खोलाहरू पर्ने भएकाले बाढी नघटेसम्म स्थानीयवासीले वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीसम्म पुग्न कठिनाइ भोग्नुपरेको छ ।

यता, बिपी राजमार्ग अन्तर्गत बर्दीबास–३, पाटु क्षेत्रमा वर्षासँगै आएको हावाहुरीले सामुदायिक भवनको जस्तापाता उडाएको छ । साथै हुर्कंदै गरेको मकैबाली ढलेपछि किसानहरूलाई लाखौं रुपियाँ बराबरको क्षति पुगेको पीडित किसान रमेश खत्रीले बताए। 

चुरे क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन तथा नदी–खोलाको आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा समानता छ: वर्षमान पुन

काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...

ऐतिहासिक जिम्मेवारी र चुनौती अब रास्वपामाथि पनि आइपुगेको छ : अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् ।  राष्ट्र...

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिएका छन्: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...

रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा र विकल्प हुनुपर्छ: स्वर्णिम वाग्ले

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र...

हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है- सिके राउत

काठमाडौं । सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन समारोहलाई सम...

रास्वपाले महाधिवेशन निर्वाचनका लागि आयोग र समिति परिचालन गर्‍यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन आयो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending