Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

सर्लाहीको बसबरियामा सुतेकै स्थानमा पुरुषको हत्या

खबरडबली संवाददाता

सर्लाही। सर्लाहीको बसबरिया गाउँपालिका –२ मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । 

स्थानीय ५० वर्षीय होसनारायण यादवलाई शनिबार राति घरभित्र सुतेकै स्थानमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो । प्रारम्भिक जानकारीअनुसार होसनारायणलाई दुईजना अपरिचित मानिस आएर घाँटीमा धारिलो हतियार प्रहार गरेका भन्ने सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए। 

घटनास्थलमा सर्लाही प्रहरीका प्रमुख एवं एसपी रवीन्द्रनाथ पौडेल, बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा सहयोग पुग्ने भन्दै प्रहरीले तालिम प्राप्त कुकुरसमेत झिकाएर घटनास्थल वरपर घुमाउने काम गरेको  डिएसपी गौतमले बताए। 

होसनारायणको शव पोस्टमार्टमका लागि आइतबार बिहान प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । अपरिचित मानिसले हतियार प्रहार गरेपछि गम्भीर घाइते भएका होसनारायणलाई उपचारका लागि बरहथवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा समानता छ: वर्षमान पुन

काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...

ऐतिहासिक जिम्मेवारी र चुनौती अब रास्वपामाथि पनि आइपुगेको छ : अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् ।  राष्ट्र...

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिएका छन्: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...

रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा र विकल्प हुनुपर्छ: स्वर्णिम वाग्ले

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र...

हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है- सिके राउत

काठमाडौं । सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन समारोहलाई सम...

रास्वपाले महाधिवेशन निर्वाचनका लागि आयोग र समिति परिचालन गर्‍यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन आयो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending