Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई आधा शताब्दी भन्दा बढी समयपछि सफाइ

खबरडबली संवाददाता

सुजुका । जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै बिहीबार सफाई दिएको छ । 

प्रतिकुल स्वास्थ्य अवस्थाले ८८ वर्षीया पूर्व बक्सर इवाओ हाकामादा आफ्नो मुद्दाको फैसला सुन्न अदालतसमक्ष उपस्थित हुन असक्षम भएको छ । समर्थकहरूले मुद्दा दोहोर्‍याउन गरेको एक दशक लामो अभियानपछि उनलाई अदालतले सफाइ दिएको हो । उनको ९१ वर्षीया दिदीले हाकामादालाई निर्दोष घोषणा गर्ने सिजुओका जिल्ला अदालतका न्यायाधीशसमक्ष गहिरो सम्मान व्यक्त गरेको छ । 

हाकामादाले सन् १९६८ मा आफ्नो मालिक, मालिकको श्रीमती र उनका दुई बालबालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । अनुसन्धानकर्ताले बनावटी प्रमाण सङ्कलन गरेको र मानसिक र शारीरिक पीडा दिएर अमानवीय ढङ्गबाट सोधपुछ गरी बयान दिन बाध्य पारेको र त्यसैको आधारमा उनलाई मृत्युदण्डको सजाय दिने फैसला सुनाइएको बिहीबारको फैसलामा उल्लेख छ । 

“अभियोजन पक्षले प्रतिवादीको ‘मौन रहने अधिकार’लाई प्रभावकारी रूपमा उल्लङ्घन गरेर उनको बयान प्राप्त गरेका थिए,” फैसलामा भनिएको छ । यस मुद्दाको फैसला सुन्न सयौं मानिसहरू बिहान अदालतमा जम्मा भएका थिए । “म अभियोजकको कार्यालयमा गएँ र भनेँ म १०० वर्षको नभएसम्म हामीलाई लड्न बाध्य नबनाउनुहोस्,” फैसलाअघि हिडेकोले सञ्चारकर्मीसँग बताए । मृत्युदण्डको सजाय कायम राख्ने संयुक्त राज्य अमेरिकाबाहेक जापान एक मात्र प्रमुख औद्योगिक लोकतन्त्र हो, जसलाई व्यापक सार्वजनिक समर्थन गरिएको छ । 

जापानको युद्धपछिको इतिहासमा पुनःमुद्दा चलाउने पाँचौँ मृत्युदण्डको सजाय सुनाइएको कैदीमध्ये हाकामादा एक हुन् । यसभन्दा अघिल्लो सबै चारवटा मामिलाहरू पनि निर्दोष ठहरिएका थिए । सन् २०१८ मा एएफपीलाई निर्दोष साबित गर्ने आफ्नो लडाइँको वर्णन गर्दै हाकामादाले आफूले ‘हरेक दिन एउटा लडाइँ लडिरहेको’ महसुस गरेको बताएको थियो ।

समर्थकहरूले बिहीबार उनको टेलिभिजनको रिमोट कन्ट्रोलबाट ब्याट्रीहरू निकालिदिएकाले हाकादामालाई आफ्नो मुद्धाको फैसलाबारे ज्ञान नभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । सर्वोच्च अदालतले सन् १९८० मा हाकामादालाई मृत्युदण्डको सजाय दिएको थियो तर उनका समर्थकहरूले मुद्दा पुनःदोहोर्‍याउन दशकौँसम्म सङ्घर्ष गरे । सन् २०१४ मा मुद्दा पुनः सुरु गर्न अदालतबाट स्वीकृत भएपछि हाकामादा जेलबाट रिहा भयो । यद्यपि, मुद्दा पुनः सुरु हुन गत वर्षसम्म लाग्यो । “यति लामो समयसम्म, हामीले अनन्त लडाइँ लडेको महसुस गरेको छौँ,” हिडेकोले जुलाईमा भनेको थियो । 

हाकामादाले सुरुमा सन् १९६६ मा पीडितलाई लुटेको र हत्या गरेको कुरा अस्वीकार गरेको थियो तर पछि प्रहरीको क्रूर सोधपुछपछि उनले कसुर स्वीकार गरे । “फ्री हाकामादा नाउ” भन्दै टी–शर्ट लगाएका समर्थक अत्सुसी जुकेरानले अदालत बाहिर बताए, “यो मुद्दा ‘जापानको आपराधिक न्याय प्रणाली कसरी परिवर्तन हुनुपर्दछ’ भन्ने पीडादायी सम्झना हो । “यो सङ्घर्ष कति लामो समयसम्म चलेको हो भन्ने कुरालाई ध्यानमा राख्दै मेरो एउटा अंशले निर्दोष मुक्तिको उत्सव पूर्ण रूपमा मनाउन सक्नेछैन,” जुकेरानले भने । 

हाकामादाको मुद्दा जापानको तथाकथित ‘बन्धक न्याय’ प्रणालीको अनगिन्ती उदाहरणमध्ये एक मात्र हो,” ह्युमन राइट्स वाचका एसिया कार्यक्रम अधिकारी टेप्पी कसाईले फैसलाअघि बताए । एम्नेस्टी इन्टरनेसनलले अदालतको यो फैसलाबाट ‘अत्यधिक खुसी’ भएको बताएको छ । “लगभग आधा शताब्दीको गैरन्यायिक कारावास र उनको मुद्दा दोहोर्याउनका लागि गरिएको थप १० वर्षको प्रतिक्षापछि यो फैसला उहाँले आफ्नो जीवनको अधिकांश समयमा भोगेका गहन अन्यायको महत्त्वपूर्ण मान्यता हो,” समूहका पूर्वी एसिया अनुसन्धानकर्ता बोरम जाङले एक विज्ञप्तिमा भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: