Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

कञ्चनपुरकाे शुक्लाफाँटामा रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर र बिरालो सूचिकृत गर्न थालेको हो ।

कुकुर तथा बिरालोको टोकाइबाट हुने रेबिज रोकथाम गर्न नगरपालिकाले वडा कार्यालयमार्फत सूचिकृत गर्ने कार्य गरिरहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन सञ्चालनको तयारी भइरहेको जनाउँदै सोही अनुसार पहिलो चरणमा सूचिकृत गर्न थालिएको उनले उल्लेख गरे । 

“सूचिकृत भएका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन सहज होस् भनेर सूचिकृत गरिएको हो”, भट्टले भने, “खोप अभियान सञ्चालन गरी रेबिजलाई शून्यमा झार्ने छौँ । सूचिकृत गर्नका लागि आगामी कात्तिक ६ गते सम्मको समय सीमा निर्धारण गरिएको उनले जानकारी दिए ।

सूचिकृत गर्ने काम सम्पन्न भएपछि त्यसको आधारमा रेबिजविरुद्धको खोप लगाउन वडा वडामा टोली परिचालन गरिने शाखा प्रमुख भट्टले बताए । बर्सेनि बहुलाएका स्यालले कुकुर र बिरालोलाई टोक्दा नगरपालिका क्षेत्रमा रेबिजको सङ्क्रमण बढ्दै गएको उनको भनाइ छ ।

दुई साताअघि मात्रै बहुलाएको स्यालले शुक्लाफाँटा–२ रानीपुरमा छ जना मानिस र केही घरपालुवा कुकुरलाई टोकेको थियो । बहुलाएका स्यालले घरपालुवा कुकुर, बिरालो, जनावर तथा मानिसलाई टोक्ने र त्यसबाट रेबिजको सङ्क्रमण सर्ने गरेको शाखा प्रमुख भट्टले बताए । “जनचेतनाको अभावमा धेरै जनाले रेबिजविरुद्धको खोप नलगाएर घरमा बस्दा अन्यलाई सङ्क्रमण सर्ने जोखिम हुनाका साथै स्थानीयको मृत्यु समेतका घटना भएका छन्”, उनले भने । 

बहुलाएका स्याल, कुकुर, बिरालोलगायत जनावरले टोकेमा अनिवार्य रेबिजविरुद्धको खोप लगाउनुपर्ने भन्दै खोपबारे जनचेतना फैलाउन स्थानीय जनप्रतिनिधि, सरोकार भएका सङ्घसंस्थालगायत निकायले सहकार्य र समन्वय गर्नुपर्ने शाखा प्रमुख भट्टले जोड दिए । “रेबिजको भाइरस शरीरमा प्रवेश गरेको एक सातादेखि एक वर्षभित्रमा शरीरमा सङ्क्रमण देखापर्ने गर्दछ । रेबिजविरुद्धको खोप नलिएमा लक्षण देखा परेका व्यक्तिलाई कुनै पनि हालतमा बचाउन सकिँदैन”, उनले भने । 

घरपालुवा तथा सामुदायिक (छाडा) कुकुर र बिरालोको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाउने कार्य सँगै गरिने शाखा प्रमुख भट्टले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending