Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस हिटर पेलिन

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । 

प्रतिभाशाली टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित छिन् । विश्वव्यापी मञ्चमा आफ्नो खेल प्रदर्शन गर्न उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन् ।

क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, जुन उच्चतम व्यावसायिक महिला भलिबल लीग साथ साथै उनले टर्की काडिनलर भलिबल लीग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएर टर्कीका शीर्ष टोलीहरूका लागि खेलेको अनुभव समेत हासिल गरिसकेकी छिन् । 

काठमाडौं स्पाइकर्समा आवद्ध भएकी २० बर्षिय एरोक्टेको व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्त उपलब्धिहरूको प्रभावशाली रेकर्डले उनमा भएको असाधारण प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत संकेत गर्छ । 

काठमाडौं स्पाइकर्समा सामेल हुन पाउँदाको आफ्नो उत्साह व्यक्त गर्दै पेलिन एरोक्टेले भनिन्, 'यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महशुस गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो। आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु। मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छु र म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु ।'

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending