सुनसरी । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् ।
महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः कृष्ण कुमार यादवले १सय४६ ,दिपेश कुमार सिंहले १सय५ र धिरज उदासले १८ मत पाएका थिए ।
वरिष्ठ उपाध्यक्षमा भने ६सय३७ मत ल्याउँदै मो.महमुद नुरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्व राजीव रञ्जन दीक्षितले ५सय७६ मत ल्याए । जुनियर रेजिडेन्ट तर्फ उपाध्यक्ष डाक्टर विशाल गुरुङ निर्विरोध निर्वाचित भए भने एमबिबिएस तर्फ उपाध्यक्ष सदिच्छा न्यौपाने ६सय ३१ मत ल्याउँदै निर्वाचित हुँदा विडिएस तर्फ उपाध्यक्ष ४सय ९५ मत ल्याउँदै निर्वाचित भए ।
नर्सिङ तर्फ उपाध्यक्षमा कान्तिपुर बास्तोला ७सय१९ मत ल्याउँदै विजयी भइन । सचिवमा ६सय ५४ मत ल्याउँदै राम उद्गार साह विजयी हुँदा कोशाध्यक्षमा ६सय ९४ मत ल्याउँदै हार्दिक गोयल निर्वाचित भए । विडिएस तर्फ सदस्यहरूमा अर्जुन यादव (१४२),विजय कुमार यादव(१२०),सुदिप सोनी (११५) विजयी भए भने नर्सिङ तर्फ गोत्री नाथ(१००)र सकृला घले गुरुङ (९७) विजयी भए । ए. लाइट साइन्स तर्फ सदस्यमा सतरोहन यादव(४६) विजयी हुँदा एम पिएच तर्फ जीवन नारायण कुमार चौहान र बेसिक साइन्स ( नर्सिङ बाहेक) रचना पुरी निर्विरोध निर्वाचित भए ।
सदस्य जुनियर रेजिडेन्ट तर्फ डाक्टर तरन्नुम वानो , डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए । एमबिबिएस तर्फ सदस्यमा भविष्य विष्ट (३३३) सन्दीप विक (३२०)यतेन्द्र यादव (२८४) प्रवीण भट्टराई (२४६) र मो. असररुल अन्सारी (२४४) विजयी भए ।
नवनिर्वाचित अध्यक्ष देवले प्रतिष्ठानको विकास सँगै विद्यार्थीहरूको हक अधिकारी सुनिश्चितताको लागी सधैँ लागी पर्ने बताए । १६सय ७० मतदाता रहेका समाजको शनिवार भएको निर्वाचनमा १२सय ७८ मत खसेको निर्वाचन आयुक्त प्राध्यापक डाक्टर समसेर श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: