Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

खबरडबली संवाददाता

तनहुँ ।  मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ रुपैयाँ संकलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए।

संकलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ रुपैयाँ संघीय सञ्चित कोषमा, चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने बाँकी १८ करोड १३ लाख आठ हजार नौ सय ७० रुपैयाँ मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ।

जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व संकलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ। कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो।

बैँक तथा वित्तीय संघसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व संकलन बढ्नुको अर्को कारण हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending