पर्सा । पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । सुनौलो परिवार नेपालले वीरगञ्जमा सुरक्षित गर्भपतन सेवामा पत्रकार र सरोकारवाला निकायको भूमिका विषयमा एक दिने अन्तक्रिया कार्यक्रम गरेकाे हाे ।
स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत मिरा यादवका अनुसार पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरूको सङ्ख्या बढ्दै गएकाे छ । स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०-८१ मा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या एक हजार ६७१ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.५ प्रतिशतले बढी हो ।
यादवका अनुसार जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँचका कारण सुरक्षित गर्भपतन सेवा लिनेकाे सङ्ख्या बढेको यादवको ठहर छ । उनि भन्छिन्, “पर्साका १४ वटै स्थानीय तहमा असुरक्षित यौन सम्पर्क, यसले पार्ने स्वास्थ्यसम्बन्धी समस्या, र सुरक्षित गर्भपतनका विषयमा निरन्तर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ, जसले गर्दा महिलाहरूमा सुरक्षित गर्भपतनको महत्त्वबारे व्यापक जनचेतना फैलिएको छ ।”
वीरगञ्ज महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाकी प्रमुख इन्दिरा लोहनीले ०८०-८१ मा गर्भपतन सेवा पाएका महिलाहरुमा २० वर्षभन्दा कम उमेरका धेरै रहेको बताइन । एक वर्षमा २० वर्षभन्दा कम उमेरका १२९ जनाले पर्सामा मात्रै सेवा लिएका छन् । सुरक्षित गर्भपतनका लागि पर्सामा देखिएको मुख्य समस्या भनेको दक्ष जनशक्तीको अभाव नै हो । लोहनीका अनुसार दक्ष जनशक्तिको अभाव र तालिम प्राप्त जनशक्ति सुचिकृत नहुनु यहाँको मुख्य समस्या हो ।
लोहनीले फार्मेसीबाट परिक्षण बिना सर्वसुलभ रुपमा औषधी पाउनु वितरण हुने गरेको बताइन । उनले भारत र नेपालको सिमा नाका खुला हुँदा नेपालमा दर्ता नै नभएका औषधी ल्याएर मनलाग्दी बिक्रि वितरण गर्दा समस्या बढेको स्पष्ट पारिन । प्रजनन स्वास्थ्य कार्यक्रम तथा सुरक्षित गर्भपतन सेवा किशोर किशोरीमैत्री हुन नसक्नु चुनौतीका रुपमा देखिएको लोहनीको भनाइ छ । उनका अनुसार गर्भपतन सेवाको पहुँच सिमित हुनुपनि एउटा चुनौतीका रुपमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: