पर्सा । पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । सुनौलो परिवार नेपालले वीरगञ्जमा सुरक्षित गर्भपतन सेवामा पत्रकार र सरोकारवाला निकायको भूमिका विषयमा एक दिने अन्तक्रिया कार्यक्रम गरेकाे हाे ।
स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत मिरा यादवका अनुसार पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरूको सङ्ख्या बढ्दै गएकाे छ । स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०-८१ मा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या एक हजार ६७१ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.५ प्रतिशतले बढी हो ।
यादवका अनुसार जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँचका कारण सुरक्षित गर्भपतन सेवा लिनेकाे सङ्ख्या बढेको यादवको ठहर छ । उनि भन्छिन्, “पर्साका १४ वटै स्थानीय तहमा असुरक्षित यौन सम्पर्क, यसले पार्ने स्वास्थ्यसम्बन्धी समस्या, र सुरक्षित गर्भपतनका विषयमा निरन्तर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ, जसले गर्दा महिलाहरूमा सुरक्षित गर्भपतनको महत्त्वबारे व्यापक जनचेतना फैलिएको छ ।”
वीरगञ्ज महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाकी प्रमुख इन्दिरा लोहनीले ०८०-८१ मा गर्भपतन सेवा पाएका महिलाहरुमा २० वर्षभन्दा कम उमेरका धेरै रहेको बताइन । एक वर्षमा २० वर्षभन्दा कम उमेरका १२९ जनाले पर्सामा मात्रै सेवा लिएका छन् । सुरक्षित गर्भपतनका लागि पर्सामा देखिएको मुख्य समस्या भनेको दक्ष जनशक्तीको अभाव नै हो । लोहनीका अनुसार दक्ष जनशक्तिको अभाव र तालिम प्राप्त जनशक्ति सुचिकृत नहुनु यहाँको मुख्य समस्या हो ।
लोहनीले फार्मेसीबाट परिक्षण बिना सर्वसुलभ रुपमा औषधी पाउनु वितरण हुने गरेको बताइन । उनले भारत र नेपालको सिमा नाका खुला हुँदा नेपालमा दर्ता नै नभएका औषधी ल्याएर मनलाग्दी बिक्रि वितरण गर्दा समस्या बढेको स्पष्ट पारिन । प्रजनन स्वास्थ्य कार्यक्रम तथा सुरक्षित गर्भपतन सेवा किशोर किशोरीमैत्री हुन नसक्नु चुनौतीका रुपमा देखिएको लोहनीको भनाइ छ । उनका अनुसार गर्भपतन सेवाको पहुँच सिमित हुनुपनि एउटा चुनौतीका रुपमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: