धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्ष फोडेर फरार भएका नौ जना थुनुवामध्ये सात जनालाई प्रहरीले पक्राउ गरेका छन् । सोमबार बिहान ४ बजे हिरासत कक्षको भेन्टिलेशन फोडर नौ जना थुनुवा फरार भएका थिए ।
फरारमध्ये महोत्तरीको जलेश्वर नगरपालिका ५ का सत्यम झालाई तत्कालै प्रहरीले जनकपुरको जनक चोकबाट पक्राउ गरेको थियो । थप छ जनामध्ये तीन जनालाई धनुषाको विदेह नगरपालिकाको महिनाथपुर र अन्यलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का रोशनकुमार मण्डल, सिरहाको सिरहा नगरपालिका १३ का अभाष्करकुमार यादव, जनकपुरधाम उपमहानरपालिका २० का अमितकुमार झा रहेका छन् ।
त्यस्तै अभद्र व्यवहार मुद्दाका अभियुक्त जनकपुरधाम ४ का बिक्की कार्की, जनकपुरधाम १ का सुमित मेस्तर, धनुषाको नगराइन नगरपालिका २ का मनिष मण्डल रहेका छन् । लागूऔषध मुद्दाका धनुषाको विदेह नगरपालिका ७ का रञ्जित मण्डल र औरही गाउँपालिका २ का विशाल मुखिया अझै फरार अवस्थामा रहेका छन् । फरार रहेका दुई जनालाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको प्रवक्ता अवाले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषामा महिलाका लागि एकसहित तीन वटा थुनुवा कक्ष रहेका छन् । थुनुवा कक्षको सुरक्षका लागि पाँच जना प्रहरीको २४ घण्टे डिउटी रहने गरेको छ । एक साथ नौ जना थुनुवा हिरासत फोडेर फरार भएपछि घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति बनाएको प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: