Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

अवरुद्ध ढल्केबर-जनकपुर सडकखण्ड सुचारु

खबरडबली संवाददाता

धनुषा । आइतबार बिहानदेखि अवरुद्ध धनुषाको ढल्केबर–जनकपुर सडकखण्ड सुचारु भएको छ । सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थीको शङ्कास्पद मृत्युको घटनालाई लिएर सपहीमा स्थानीयले सडक अवरुद्ध गरेका थिए । 

अवरुद्ध सडक दिउँसो २ बजेबाट सुचारु गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बाटो खुलाउने क्रममा १२ राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए । उनका अनुसार त्यस क्रममा नौ जना प्रहरी तीन जना प्रदर्शनकारी घाइते भएका छन् । पीडित पक्षको माग सम्बोधन गर्न पहल भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए । 

सिन्धुलीको कमलामाई नगरपालिका–६, सिन्धुलीमा रहेको भगवती आवासीय माध्यमिक विद्यालय कक्षा आठमा अध्ययनरत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका १४ वर्षिय रजनिश साहको भदौ २ गते मृत्यु भएको थियो । सोही घटनालाई लिएर आफन्त तथा स्थानीयले सपही चोकस्थित ढल्केबर–जनकपुर सडकखण्डमा धर्ना बसेर सडक अवरुद्ध गरेको बताइएको छ । 

मृतक विद्यार्थीका पिता गणेशकुमार साहले घटनाको सत्यतथ्य छानविन र दोषी उपर कारबाहीको माग गर्दै सडक अवरुद्ध गरिएको बताए । घटनाको एक महिनाभन्दा बढी समय भइसक्दा पनि सिन्धुलीको प्रहरी प्रशासनले उचित छानबिन नगरेको र जाहेरी दर्ता गर्न आलटल गरेपछि बाध्य भएर सडकमा आउनुपरेको उनले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending