Ntc summer Offer
Khabar Dabali २६ आश्विन २०८१ शनिबार | 12th October, 2024 Sat
Investment bank

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

खबरडबली संवाददाता

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्न प्रजातिका सात हजार बिरुवा रोपिएको हो । 

संघीय संसद देव प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्तामा चन्द्रपुर नगरपालिका ८ मरधर  धार्मिक वन क्षेत्र भित्र आयोजित वृक्षारोपण कार्यक्रमको उदघाटन गरेका थिए । उक्त कार्यक्रममा सिसौं, खयर, अमला, सतिसाल,मलेसियन साल, ईमली , बेल,रुद्राक्ष र बिभिन्न जातको आँपको गरी  सात हजार बिरुवा रोपिएको छ । 

नेपाली सेना वीरदल गण गौरको आयोजना र चाँदी धार्मिक वन व्यवस्थापन समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण गरिएको हो । चुरे भावर क्षेत्र संरक्षणमा नेपाली सेनाले अग्रसरता देखाउँदै संविधान दिवसको अवसर पारेर मरधर धार्मिक वन क्षेत्रमा वृहत् वृक्षारोपण गरिएको छ । 

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद युवराज भट्टराइ तथा श्री  २८ नम्बर बाहिनीका बाहिनीपति सहायक रथि  राजेन्द्र मणि गिरीको उपस्थिति रहेको थियो । चुरे क्षेत्र संरक्षणमा नेपाली सेनाको सहयोग बढाउने उदेश्यले उक्त वृहत् वृक्षारोपण गरिएको  नेपाली सेना विरदल गणका  प्रमुख कर्णेल किशोर अधिकारीले बताएका छन् । कार्यक्रममा सहायक सिडियो नरेस प्रसाद यादव, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपि विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह, डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह, चाँदि धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष तुलसी राज गिरी, जनप्रतिनिधीहरु, नेपाल राष्ट्रिय भुतपुर्व संघका पदाधिकारीहरु, लगायत बिभिन्न क्षेत्र संग आब्द गरी करिब पाँच सय जना मानिसको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ ।  परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँप...

सुनसरीबाट नक्कली नोटसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय  ट्याब्लेट सहि...

बालेनको टिप्पणी: देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् । पशुपति धर्मशालामा आज मारवाडी सेवा समा...

दशैँ बिदामा निगमले डिपो खुला राखेर पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने

काठमाडौं । नेपाल आयल निगमले दशैको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ ।  निगमले स्था...

विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइएको भन्दै प्राप्त नभए मन्त्रालयलाई खबर ...

जापानको संसद विघटन

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् । संसद बैठकमा ...

नेप्सेमा आज सामान्य वृद्धि

काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख ...

जर्गन क्लोप रेडबुल नेटवर्कको ग्लोबल हेडमा नियुक्त

काठमाडौं । लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म ...

सुनसरीमा बाढीले ५० लाख बराबरको केरा नोक्सान

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्त...

विश्वबैंकले बाढी पहिरोपछिको पुन: निर्माण र व्यवस्थापनका लागि २० अर्ब ऋण सहयोग दिने

काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।  विश्व बैंकको सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy