Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सडक निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीय मारमा

खबरडबली संवाददाता

बाँके । बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले गुनासो गरेका छन् ।

सडक निर्माणको ठेक्का पाएको कन्काई–गणपति जेभीले २०७९ वैशाखदेखि निर्माण कार्य सुरु गरेर २०८१ भदौं २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण सम्झौता अवधिमा २० प्रतिशतभन्दा बढी काम हुन नसकेको सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर टोपेन्द्र खड्काले बताए । 

समयमा काम नगर्ने कन्काई–गणपति जेभीलाई कारबाही गर्नुपर्ने स्थानीयले माग राख्दै आएका छन् । पटक–पटक स्थानीयले बिरोध गरे पनि सडक निर्माणमा भने सन्तोषजनक प्रगति हुन सकेको छैन् । निर्माणका क्रममा ठेकेदार कम्पनीले सुरुआत देखि नै लापरबाही गरेको देखिन्छ । 

सडक डिभिजन कार्यालय नेपालगञ्जको नयाँ कार्यालय प्रमुखको जिम्मेवारीमा आएका सिनियर डिभिजनल इन्जिनियर नरेन्द्र भंटले योजनाबारेमा छिटै अध्ययन गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढने बताए । ठेकेदार कम्पनी कार्यालयको सम्पर्कमा आएको बताउँदै उनले छिटै काम सम्पन्न गराउन ताकेता गरिने जानकारी गराए । बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको सडक हो परसपुर–गौघाट सडक खण्ड । संघीय सरकारको लगानीमा बन्न लागेको सो सडक खण्ड निर्माणका लागि कन्काई–गणपति जेभीले दुई वर्षअघि ठेक्का पाएको थियो । 

नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्रे गर्न कन्काई–गणपति जेभीले करिब १४ करोड रुपियाँमा ठेक्का पाएको थियो । ठेक्का पाएको कन्काई–गणपति जेभीले सडक निर्माण कार्यमा सुरुवातदेखि नै ढिलाइ गर्दैआएको छ । ठेकेदारको लापरबाहीका कारण परसपुर–गौघाट सडकको कालोपत्रे नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैया ताल गाउँपालिकाका जनताले दैनिक यो सडक खण्ड प्रयोग गर्छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending