Ntc summer Offer
Khabar Dabali २३ आश्विन २०८१ बुधबार | 9th October, 2024 Wed
Investment bank

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले पार्टीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महाधिवेशनका सम्बन्धमा छलफल भएको प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । 

विद्यार्थी सङ्गठनको महाधिवेशन असोजको पहिलो साता तय भएको भए पनि आवश्यक तयारी पूरा नभएको भन्दै केही दिन सारिएको हो । सोही सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भएको उनको भनाइ छ । पार्टी अध्यक्ष, महासचिव, विद्यार्थी मोर्चा हेर्ने प्रमुख र विद्यार्थी सङ्गठनका अध्यक्ष बसेर महाधिवेशनको नयाँ मिति तय गरिने उनले बताए । 

यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको काम कारबाही एवं देशभर भएका बैठक तथा छलफलका बारेमा विचार विमर्श भएको प्रवक्ता सापकोटाले जानकारी दिए । मुलुकभरि अनेकन प्रकारका अराजकता देखापरेकामा माओवादी केन्द्रले चिन्ता व्यक्त गरेको छ । 

उनले भने, “पार्टीलाई एकताबद्ध गर्नुपर्छ । जनवर्गीय सङ्गठनलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेमा आज सामान्य वृद्धि

काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख ...

जर्गन क्लोप रेडबुल नेटवर्कको ग्लोबल हेडमा नियुक्त

काठमाडौं । लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म ...

सुनसरीमा बाढीले ५० लाख बराबरको केरा नोक्सान

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्त...

विश्वबैंकले बाढी पहिरोपछिको पुन: निर्माण र व्यवस्थापनका लागि २० अर्ब ऋण सहयोग दिने

काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।  विश्व बैंकको सञ्चाल...

प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद...

लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ मसिनाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११ किलो १ सय ८० ग्...

दशैँमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफुसँग भए...

राजेशपायल राईलाई आफ्नै गीतमा कपिराइट लागेपछि...

काठमाडौं । गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । राईले स...

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई ...

राष्ट्रपति पौडेलद्वारा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार संघीय संसदको दुवै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy