काठमाडाैं । बाँकेको सब डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धे र उनीविरुद्ध उजुरी दिएर अदालतमा प्रतिकूल बकपत्र गर्ने मकरध्वज पाण्डे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बुधबार उनीहरुलाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
विशेषका न्यायाधीशहरु खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले यस मुद्दामा फैसला गर्दै पार्धेलाई ७ हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको छ । यसैगरी पाण्डेलाई पनि विशेषले उहि सजाय सुनाएको छ ।
पार्धेविरुद्ध गत २९ फागुनमा र पाण्डेविरुद्ध यहि १६ असारमा मुद्दा दर्ता भएको थियो । पार्धेले काठ चिरानको सिफारिस गरिदिन भनी सेवाग्राहीसँग घूस/रिसवत मागिरहेको सूचना आयोगको बुटवलस्थित कार्यालयमा परेको थियो ।
त्यहाँबाट खटिएको टोलीले पार्धेलाई ७ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । पछि अख्तियारमा उजुरी दिने पाण्डेले अदालतमा भने बयान फेरेका थिए । जसपछि उनीविरुद्ध पनि मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो ।
प्रतिकृया लेख्नुहोस्: