सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाली तुरतुरे निवासी २५ वर्षीय भुवन विकको निधन भएको २८ दिन बित्दासमेत शव नेपाल ल्याउन नसकिएको परिवारले जनाएको छ ।
परिवारका अनुसार भुवनको मृत्यु गत फागुन १ गते (फेब्रुअरी १३) मा क्रोसियामा भएको हो । उहाँका दाजु तिलक विकले दुर्घटनापछि करिब एक सातासम्म परिवारले भुवनको अवस्थाबारे जानकारी पाउन नसकेको र त्यसपछि मात्र निधनको खबर प्राप्त भएको बताए।
हाल विकको शव क्रोसियाको नोभा ग्राडिस्का जनरल अस्पतालमा राखिएको छ । दाजु तिलकका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलबाट गत फागुन १४ गते नै शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको भए पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन । लामो समयसम्म शव ल्याउन नसकिँदा परिवार थप पीडामा परेको छ ।
यसैबीच प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले सामाजिक सञ्जालमार्फत यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । उहाँले सरकारी तहमा हुने ढिलासुस्ती र झन्झटिला प्रक्रियाले आम नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै विदेशमा अलपत्र परेको शव यथाशीघ्र नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, अस्ट्रियास्थित नेपाली राजदूतावास (भियना) तथा वैदेशिक रोजगार बोर्डलगायत सरोकारवाला निकायलाई पहल गर्न आग्रह गरेको छन ।
यो घटनाले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने प्रक्रियालाई थप छिटो, प्रभावकारी र सहज बनाउनुपर्ने आवश्यकता पुन: उजागर गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: