दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकाससम्बन्धी मागसहित १० बुँदे ज्ञापन पत्र बुझाएका छन्।
दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका सामन्त मङ्गलबार नागु पुगेको थिए। स्थानीयले प्राथमिकतामा राखिएका विकास निर्माणका मागहरू प्रस्तुत गर्न गठित संघर्ष समितिको तर्फबाट ज्ञापन बुझाइएको हो। स्थानीय नरेन्द्रबहादुर बमका अनुसार मतदान बहिष्कार निर्वाचनको विरोध होइन, नागु क्षेत्रको आधारभूत विकासका आवश्यकता पूरा गर्न ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको थियो।
ज्ञापनपत्रमा दल्लेख–नागु–सिना सडक खण्ड निर्माण, नागुमा वडा स्थापना, गोफागाड, मल्लोगोफा खोला, भट्टेधार खोला र दह खोला जस्ता स्थानमा झोलुङ्गे तथा ट्रस पुल निर्माण, नागेश्वर ज्योतिर्लिङ्ग धाम राष्ट्रियकरण, विद्यालय संरचना सुधार तथा स्थायी शिक्षक व्यवस्था, टेलिफोन टावर स्थापना, घोरेटो बाटो निर्माण, आवश्यक स्थानमा रेलिङ निर्माण, विद्युत् विस्तार, थाम टोलमा खानेपानी योजना निर्माण र खाद्य डिपो स्थापना गरी संचालन गर्नुपर्ने माग समावेश छ।
ज्ञापनपत्र बुझ्दै रास्वपाका सभापति तथा उम्मेदवार सामन्तले नागुबासीका माग सम्बोधन गर्न सबै राजनीतिक दल र विजयी सांसदहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए । निर्माणधीन योजनाको काम समयमै सम्पन्न गर्न आफूले पार्टीमार्फत केन्द्र सरकारमा पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। अधुरा र अपुरा परियोजनाको निर्माण कार्य पूरा नहुँदासम्म पहल नगरी छोड्ने उनको प्रतिवद्धता रहेको स्थानीय ठगेन्द्र जुहारीले जानकारी दिए।
यसपछि सामन्त अपि हिमाल गाउँपालिका–३ र व्यास गाउँपालिका–२ का स्थानीयसँग भेटघाट गरी उनीहरूको माग लिएर काठमाडौं जाने तयारीमा रहेको जानकारी दिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १३:२३
सल्यान। पूर्वी रुकुमबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा परी सल्यानकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सल्यानको वनगाड...
बैशाख १८ गते, २०८३ - १३:१६
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गरेको छन्। आज १३७...
बैशाख १८ गते, २०८३ - १२:५९
काठमाडौँ। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएको छन् ।...
बैशाख १८ गते, २०८३ - १२:०८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक...
बैशाख १८ गते, २०८३ - ११:५४
काठमाडौं । सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काएको छ। शुक्रबार बिहान बस्तीमाझ रहेको उक्त गुम्बामा डोजर चल...
बैशाख १८ गते, २०८३ - ११:४४
काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने अभियानलाई तीव्र बनाएको छ। वडा नम्बर १६ को बालाजु...
बैशाख १८ गते, २०८३ - ११:३२
काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था सुरु गरेको छ। भूमि व्यवस्था सहका...
बैशाख १८ गते, २०८३ - ११:१२
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्तिका अग्रदूत बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरे...
बैशाख १८ गते, २०८३ - १०:५९
कपिलवस्तु। कपिलवस्तु सदरमुकाम तौलिहवा तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र गु...
बैशाख १८ गते, २०८३ - १०:४७
काठमाडौँ। शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस...


प्रतिकृया लेख्नुहोस्: