दाङ । शिरमा ढाकाटोपी, खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी, उमेरले ६० बर्ष पुगेका राउटे दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुगेर दशैं खर्च माग गरे ।
दशैं खर्च माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसेली उपहार दिए । सुर्खेतमा बस्दै आएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार यहाँ आइपुगेका हुन् । शाहीले भने, ‘यो काठको कोसेली हो । हातैले बनाइएको छ । यस्तो कोसेली बनाउन थालेको धेरै भइसक्यो । मुख्यमन्त्रीज्यू दशैं त आउन लाग्यो । खर्च चाहियो । दशैं खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेश कार्यालयसम्म आइपुग्नु भएको छ । गाडी चढ्न डराएर साथीहरु आउन नसकेको उनले प्रष्ट पार्नुभयो ।’
राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदैआएको छ । मासिक चार हजार रुपियाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक बर्ष दशैं खर्चका लागि प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रोसँग दशैं खर्च मनाउन दिलहादुरमार्फत सन्देश पठाउनु भएको छ । मुख्यमन्त्री आचार्यले आपसमा मिलेर बस्न आग्रह गर्दै नगद १० हजार दिएर पठाए ।
प्रतिकृया लेख्नुहोस्: