काठमाडाैं । काठमाडौं महानगरपालिका–१६, बालाजु वनस्थली ढुंगधारा नर्सरी चोकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सयपत्री नर्सरीमा काम गरी बस्ने प्युठान झिमरुक गाउँपालिका–६ घर भएका पूर्ण कुमालको छोरा १६ महिनाका प्रिन्स कुमालको सोही नर्सरीभित्र रहेको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुबेर अशक्त भएका उनको ओम साइबाबा अस्पताल ढुंगेधारामा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिकृया लेख्नुहोस्: