बागलुङ । दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो ।
तल्लो क्षेत्रदेखि उच्च पहाडसम्मका पर्यटकीय गन्तव्यमा नयाँ पुस्ताको ट्रेकिङ मोह पनि बढेको बढ्न थालेपछि बराहतालमा पूर्वाधार निर्माणमा जोड दिइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । गाउँ तथा सहरका युवा पुस्ता घुमफिरमा रम्न थालेपछि बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन थालेको उनले बताए ।
एक दशक अगाडिसम्म सुनासन रहेका पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । वर्षौँ अगाडिदेखि चर्चामा रहेका पर्यटकीय क्षेत्रसहित नयाँ गन्तव्यमा आन्तरिक पर्यटक पुग्न थालेका मगरले उल्लेख गरे । ढोरपाटन उपत्यका, गाईघाट झरना, बागलुङ कालिका, पञ्चकोट, गाजाको दहलगायत दर्जनौँ पर्यटकस्थल वर्षौँदेखि चर्चामा रहेका भन्दै पछिल्लो पाँच वर्षमा बुकीपाटन, रिगताल, बराहताल, पातीहाल्ने, टेवाको मूर्तिकला चर्चामा आउन थालेका उनको भनाइ छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष बुढा मगरले बराहताल क्षेत्रको विकासका लागि हालसम्म रु एक करोड बढी लगानी भइसकेको जानकारी दिए । यहाँ पूर्वधार निर्माण हुनुपूर्व कहिलेकाहीँ नजिकैको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी ठाउँबाट आउनेको कमी थियो । पालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माणलगायत संरचना बनाएपछि यहाँ दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका उनले बताए ।
अध्यक्ष मगरले भने, “बराहताल आकर्षक छ, यहाँबाट उच्च पहाडी क्षेत्रसहित हिमशृङ्खला देख्न सकिने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हिउँदमा लालीगुराँसले राताम्य बन्ने बराहताल क्षेत्र रोमाञ्चक देखिन्छ, समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको यो क्षेत्रको पूर्वाधार विकास गर्न प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पनि गत वर्षदेखि बढी चर्चामा आएको छ । बुकी क्षेत्र ट्रेकिङ गर्नेका लागि उत्कृष्ट गन्तव्य बनेको छ । ढोरपाटन उपत्यकाबाट करिब चार घण्टाको पैदलयात्रामा पुग्न सकिने बुकीबाटन तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्दछ ।
बुकीपाटन चढ्ने याम साउनदेखि असोजसम्म भएका यस सिजनमा करिब दुई हजार बढी पर्यटक यहाँ पुग्ने गरेका स्थानीय श्याम पुन मगरले बताए । पहिले ढोरपाटन उपत्यका आएर फर्किने पर्यटक अहिले हिँडेरै बुकीपाटन आउने गरेका उनले जानकारी दिए । बुकीपाटनमा हजारौँको सङ्ख्यामा भेडाका बथान, गोठाला र मनमोहक उच्च पहाडसहित दर्जनौँ हिमशृङ्खला अवलोकन गर्न सकिने पुनले उल्लेख गरे ।
बुटवलबाट यहाँ आउनु भएका विवेक शर्माले बुकीपाटन मनोरम रहेको बताए । ढोरपाटनसम्म गाडीमा पुगेर चार घण्टा पैदल यात्रामार्फत यहाँ पुगेको उनले जानकारी दिए । ढोरपाटनबाट पदैलयात्रा गरेर बुकी पुग्दा वन्यजन्त, चराचुरुङ्गी, खोलानाला, गोठाला र प्रकृतिसँग रमाउन पाइने भन्दै ठाउँ–ठाउँमा बुकी क्षेत्रको नामसहित सूचनासहितको जानकारी राख्नु आवश्यक रहेको शर्माले बताए । बुकीपाटन पुग्न बाटोमा शौचालय र विश्रामस्थल निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: