Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सोमबार सम्पन्न

खबरडबली संवाददाता

पोखरा । सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दीक्षित भएका प्रहरीहरूलाई शपथ ग्रहण गराई कार्यक्षेत्रमा प्रवेशको अनुमति प्रदान गरे । सो अवसरमा महानिरीक्षक अर्यालले तालिममा सिकेका कुराहरूलाई देश र जनताको सुरक्षामा लागु गर्न आग्रह गरे । उनले उच्च प्रेरणा र समर्थन भावका साथ प्रहरीहरूले आन्तरिक रूपमा शान्तिसुरक्षाका साथ सीमा सुरक्षा लगायत विपत् व्यवस्थापनमा कुशलता पूर्वक कार्य गरेको बताए । 

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलमा प्रवेश भएका नयाँ प्रहरीका अभिभावकलाई सम्बोधन गर्दै कुशल, इमानदार, सीप र क्षमतावान् छोराछोरीलाई मुलुकप्रति समर्पण गरेकोमा आभार व्यक्त गरे । ४७ हप्तासम्म सञ्चालन भएको सो तालिमबाट ६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले तालिम लिई दीक्षित भएका हुन् । 

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक कमल गिरीले सशस्त्र प्रहरी बलको सङ्गठनले विशेषतः शान्ति, सुरक्षा र दङ्गा एवम् विपत् व्यवस्थापनमा खेलेको भूमिका सह्रानीय रहेको बताए । तालिम महाविद्यालयका समादेशक एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजंग थापाले कार्यक्षेत्रमा प्रवेश गरेकाे प्रहरीहरूको भविष्य सुन्दर रहेको बताए । 

कार्यक्रममा प्रहरीका अभिभावकहरूले दर्ज्यानी चिन्ह लगाएर खुसी साटासाट गरेका थिए । बारा जिल्लाका ओमप्रसाद यादवले आफ्नो सङ्गठनप्रतिको प्रवेशलाई हर्ष र गौरवका साथ लिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: