काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रीपरिषद्मा पेश भईसकेको बताएक छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भईसकेको बताएका हुन् । उनले भने 'हालसम्म भएका विमान दुर्घटनाको विषय क्याबिनेटमा पुगिसकेको छ । उच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ ।'
यसै गरी उनले हवाई उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको बताए । साथै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भईरहेको जानकारी गराए ।
उनले अहिले प्रस्ताविगत छानविबन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराए । उनले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भईसकेको बताए । मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १७:२६
काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...
माघ १२ गते, २०८२ - १६:५९
विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...
माघ १२ गते, २०८२ - १६:३९
रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने
माघ १२ गते, २०८२ - १६:३२
काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...
माघ १२ गते, २०८२ - १६:२१
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...
माघ १२ गते, २०८२ - १६:१३
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...
माघ १२ गते, २०८२ - १६:०५
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...
माघ १२ गते, २०८२ - १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...
माघ १२ गते, २०८२ - १५:२७
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...
माघ १२ गते, २०८२ - १५:१८
काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...




प्रतिकृया लेख्नुहोस्: