Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुँदै, तीन महिना परीक्षण सञ्चालन गरिने

खबरडबली संवाददाता

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घाटनको मिति तय गरिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले सुरुङमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको र उद्घाटन तथा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए। उनका अनुसार साउन ११ गते उद्घाटन गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।

उद्घाटन कसरी गर्ने र कसबाट गराउने भन्ने विषयमा मन्त्रालयले छलफल गरिरहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहबाट उद्घाटन गराउने गरी आवश्यक तयारी भइरहेको सहसचिव ढकालले बताए।

तीन महिना परीक्षणकालमा सञ्चालन हुने

नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार उद्घाटन भएलगत्तै सबै सवारीसाधनका लागि सुरुङमार्ग खुला गरिने छैन। उद्घाटनपछि तीन महिनासम्म ‘ट्रायल ओपनिङ पिरियड’ अर्थात् परीक्षणकाल सञ्चालन गरिनेछ।

उनका अनुसार परीक्षण अवधिमा सुरुका केही दिन एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। परीक्षणका क्रममा कुनै समस्या नदेखिएमा चौथो महिनादेखि सबै प्रकारका सवारीसाधनका लागि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

परीक्षण अवधिमा आवतजावत गर्ने सवारीसाधनबाट सडक शुल्क लिने वा नलिने विषयमा भने निर्णय हुन बाँकी रहेको पन्थीले बताए।

निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गर्‍यो

आयोजनाका उपनिर्देशक पन्थीका अनुसार निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग आयोजना कार्यालयलाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको छ। अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको उनले बताए।

सम्झौताअनुसार ४२ महिनामा सम्पन्न हुनुपर्ने आयोजना निर्माण सुरु भएको करिब ७९ महिनापछि सम्पन्न भएको हो। आयोजना सम्पन्न गर्न कुल २५ अर्ब रुपैयाँ खर्च भएको पन्थीले जानकारी दिए।

उनका अनुसार निर्माण कार्यमा १७ अर्ब रुपैयाँ, डलरको विनिमय दर वृद्धि र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप दुई अर्ब रुपैयाँ तथा जग्गा मुआब्जामा छ अर्ब रुपैयाँ खर्च भएको छ।

आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गरिएको छ। खर्च भएको रकममध्ये १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋण रहेको छ भने जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारले व्यहोरेको छ।

२।६८ किलोमिटर मुख्य सुरुङ

नागढुङ्गा सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर अर्थात् २ हजार ६८८ मिटर रहेको छ। आपतकालीन उद्धारका लागि २.५५ किलोमिटर लामो छुट्टै सुरुङसमेत निर्माण गरिएको छ।

सरकारले यसअघि नै सवारीसाधनको प्रकारअनुसार सुरुङमार्ग प्रयोग शुल्क निर्धारण गरिसकेको छ। जसअनुसार सवारीसाधनको वर्गअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुँदै, तीन महिना परीक्षण सञ्चालन गरिने

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...

नेपाल औषधी लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...

बेनी-दरबाङ र बेनी-जोमसोम सडक रातको समयमा बन्द हुने

म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...

गृहमन्त्रीसँग भेट्न पाउ भन्दै सिंहदरबार पुगेका दुई महिलालाई प्रहरीले हटायो

काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...

झापामा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...

तनहुँमा ‘सर्च एण्ड स्वीप’ अभियान : २५ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending