Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बाँकेमा रगत अभाव

खबरडबली संवाददाता

बाँके । बिगत केही समययता रगत अभाव हुँदै आएको बाँके जिल्लामा फेरी एक पटक रगतको अभाव भएको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ । नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको माग धेरै बढी तर संकलन निकै कम हुने गरेकोले फेरि एक पटक रगतको अभाव उत्पन्न भएको बताए । 

उनले माग बढ्दै गएकोले रक्तदान भएको दिन रगत सहज आपूर्ति हुने र अन्य दिनमा माग पुरा गर्न नसकिने अवस्थाबाट गुज्रिरहेको बताए । पश्चिम नेपालका तीन वटा प्रदेशबाट उपचारका लागि बिरामी आउने प्रमुख अस्पताल बाँके जिल्लामा रहेकोले रगतको माग दिनदिनै बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा रगतको स्टक शून्य रहने गरेकोले निकै समस्या भएको प्रमुख रेग्मीको भनाइ छ । 

उनले विभिन्न समूहको गरी हाल ४०/५० पिन्ट भन्दा बढी रगत स्टकमा नरहेको प्रष्ट पार्दै जिल्लाका विभिन्न अस्पतालमा यो भन्दा बढी आवश्यक पर्ने गरेकोले पूरा गर्न नसकिने हुँदा समस्या चर्किने बताए । रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने आवस्था छैन । त्यसले गर्दा सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर नै रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ । 

त्रैमासिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्त सञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको पाएका बताए । बर्षाको समयमा नियमित रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव हुने गरेको रक्त सञ्चार केन्द्र प्रमुख रेग्मीको भनाइ छ । रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ ।  नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

थालेसिमिया, सिकलसेलका बिरामीलाई नियमितरुपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको हो । विभिन्न संघ संस्थाले रक्तदान कार्यक्रम गरिरहेको र गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने केन्द्र प्रमुख रेग्मीको भनाइ छ ।  

मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धौलागिरी विद्यालय, संविधान दिवसमा कर्मचारीहरु, असोज चार गते लायन्स क्बले रक्तदान गरेको र गर्न लागेको जनाईएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: