काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा प्रभाव जमाउँदै आएको पार्टी यसपटक अपेक्षाभन्दा निकै तल खस्किएको देखिएको छ।
गुटबन्दी, आन्तरिक किचलो, नेतृत्व पुस्तान्तरणमा ढिलाइ, नयाँ शक्तिको उदय र युवा मतदाताको बदलिँदो मनोविज्ञानले कांग्रेसलाई गम्भीर धक्का दिएको विश्लेषण भइरहेको छ। परिणामस्वरूप पार्टी सभापति गगनकुमार थापासहित शीर्ष तहका आठ पदाधिकारी नै पराजित भएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र तीव्र बहस सुरु भएको छ। एकथरी नेता–कार्यकर्ताले वर्तमान नेतृत्वको कार्यशैलीलाई जिम्मेवार ठहर गरिरहेका छन् भने अर्काथरीले दीर्घकालीन संरचनागत कमजोरी र पूर्व नेतृत्वका निर्णयहरूलाई कारण मानिरहेका छन्।
राजनीतिक विश्लेषक गोविन्दमान सिंह कार्कीका अनुसार, यसपटकको नतिजा केवल व्यक्तिको हार–जितको विषय नभई पुराना दलहरूप्रतिको जनअसन्तुष्टिको प्रतिफल हो। उनका अनुसार, कांग्रेस–एमाले गठबन्धन सरकारको अवधिमा देखिएको ‘Gen-Z आन्दोलन’ जस्ता घटनाले पनि मतदाताको धारणा प्रभावित गरेको हुन सक्छ।
निर्वाचनपछि पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्काले परिणामलाई गम्भीर सन्देशका रूपमा लिन आग्रह गरेका छन्। नेता अर्जुननरसिंह केसीले छोटो अवधिमा सबै विकृति हटाउन नसकिने बताएका छन् भने राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले सभापति थापाको राजीनामा मागेका छन्। अर्का नेता गोविन्दराज पोखरेलले भने हारबाट पाठ सिकेर पुनर्गठनमा लाग्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
अधिवेशनको बहस
विश्लेषक कार्कीले कांग्रेसले अब ढिलो नगरी अधिवेशनको मिति तय गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, पार्टीलाई पुनर्जीवित गर्न आन्तरिक लोकतन्त्र मजबुत बनाउँदै युवापुस्तालाई नेतृत्वमा अवसर दिनु आवश्यक छ।
समीक्षा बैठक प्रतीक्षामा
निर्वाचन सम्पन्न भएको एक साता बितिसक्दा पनि औपचारिक समीक्षा बैठक बस्न सकेको छैन। महामन्त्री प्रदीप पौडेलले चाँडै केन्द्रीय कार्यसमिति बैठक बस्ने बताएका छन् भने प्रवक्ता देवराज चालिसेले चैतको पहिलो साताभित्र समीक्षा गरिने संकेत दिएका छन्।
यसपटक कांग्रेसले १६५ क्षेत्रमा उम्मेदवार उठाएकोमा प्रत्यक्षतर्फ १८ सिट मात्र जितेको छ। यो परिणामले पार्टीको संगठनात्मक अवस्था, रणनीति र नेतृत्वको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
अब कांग्रेसले आत्मसमीक्षा, पुनर्संरचना र नयाँ राजनीतिक सन्देशसहित पुनरुत्थानको मार्ग खोज्ने कि आन्तरिक विवादमै अल्झिरहने भन्ने प्रश्न प्रमुख रूपमा उभिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: