Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

मनकामना केबुलकार असोजबाट सञ्चालनमा आउने

खबरडबली संवाददाता

सुलीकोट। मनकामना केबलकार असोज १ गतेबाट पुन नियमित रुपमा सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले बुधबार एक सूचना जारी गर्दै २ महिनापछि मनकामना केबुलकार स्तरन्नति गरी पुन सञ्चालनमा ल्याउन लागेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिए। 

उनका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य भएकाले असार ३१ गतेदेखि भदौ मसान्तसम्म मनकामना केबलकार बन्द गरेको थियो । 

२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उदेश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरन्नति गर्ने कार्य सम्पन्न भएको मनकामना केबलकार प्रालिले जनाएको छ । 

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई मध्येनजर गर्दै अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष ईन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्राणिलामा रुपन्तरण गर्ने कार्य सम्पन्न भई परीक्षण समेत भइसकेको कम्पनीले जनाएको छ । 

२ महिना लामो केबुलकार बन्दले दर्शनार्थीलाई परेको असुविधाप्रति मनकामना केबुलकारले क्षमायाचन समेत गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान

काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...

रोशनी मेचे कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...

कर्णाली प्रदेशका आठ जिल्लामा एमाले र प्रलोपाबीच गठबन्धन

रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...

रुकुम पूर्व र पश्चिममा एमाले र प्रलोपाबीच चुनावी सहकार्य

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।  आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...

सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...

बालेनले रास्वपाका उम्मेदवारसँग लिए चुनावी ब्रिफिङ, भने- सरकार हाम्रो बन्दैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...

सदस्य सन्तोष परियारले गरे विवाह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...

राष्ट्रियसभा निर्वाचन: ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending