पर्सा । पर्सा जिल्लाको वीरगंजस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएकाे करीब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ ।
सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित नगवा ईलाकाबाट सात लाख ८० हजार ४ सय ३० रुपियाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको हो । यस्तै, भारतबाट अवैध रुपले ल्याइ सोही ठाउँको खुश्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको तीन लाख ६ हजार ६ सय ३० रुपियाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरु समेत प्रहरीले बरामद गरेका छन् ।
यसबाहेक, सोही ठाउँको एक घरमा लुकाएको चार लाख ७३ हजार ८ सय रुपियाँको काजु, खजुर, बदाम, विस्कुट, अजिर र किसमिसका सामान बरामद भएको छ । सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापा मारेकाे थियाे ।
यसैगरी सोही महानगरपालिका-८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा पनि भण्डारण गरी राखिएको दुई लाख ७० हजार १ सय ७० रुपियाँको आलु र प्याज समेत बरामद भएको छ । प्रहरीले सोही महानगरपालिका-१० स्थित आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपियाँ बराबरको काजु, मरिच र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ । घटनमा संलग्न बारा जिल्लाको बिश्रामपुर गाउँपालिका-२ बैरैनिया बस्ने २५ वर्षीया बिनोद कुश्वाहा साे सामान ना २ ह ५९६ नम्बरको टेम्पोमा लोड गर्दै गरेकाे अवस्थामा पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यस अघिपनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: