Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति

खबरडबली संवाददाता

दैलेख । दैलेख जिल्लाभर तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ ।

वन नियमावली २०७९ बमोजिम गठित वन अतिक्रमण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्यक्षतामा आज डिभिजन वन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति जुटाएको हो । बैठकमा जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डे, स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकमा डिभिजन वन कार्यालयका प्रमुख अमर शाहले डिजिटल स्लाइडमार्फत जिल्लाभर कूल ४२०.२९ हेक्टर वन क्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको भयावह तथ्याङ्क प्रस्तुत गर्दै कानुनी प्रावधानबारे सरोकारवालाहरूलाई जानकारी गराउनुभयो । बैठकमा सहभागी पालिकाका प्रमुखहरूले वन संरक्षणको सरकारी कदमलाई पूर्ण समर्थन गर्दै मानवीय पक्ष र सुकुमवासी व्यवस्थापनलाई सँगै लैजानुपर्ने जोड दिए ।

छलफलमा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले नागरिकलाई विस्थापित गर्नुअघि वैकल्पिक व्यवस्थापन गरिनुपर्ने धारणा राखे । चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले राज्यले विगतमा सुकुमवासी र अव्यवस्थित बसोबासीका रूपमा निस्सा वितरण गरेकाले सोही आधारमा व्यावहारिक समाधान खोज्नुपर्ने बताए । भगवती माई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले लालपूर्जा पाउने आशामा रहेका वास्तविक भूमिहीनहरूलाई मर्का नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

बहसका क्रममा जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले कानुनको पालना अनिवार्य रहेको औँल्याउँदै आसन्न वर्षात्को समयलाई मध्यनजर गरी मानवीय संवेदन शीलताका साथ आवश्यक छानबिन गरेर मात्र अगाडि बढ्न सुझाव दिए ।

सर्वपक्षीय बैठकले मुख्य निर्णय गर्दै जिल्लाभित्रका अतिक्रमित वन क्षेत्र तथा सरकारी जग्गाको यथार्थ लगत सङ्कलन गर्ने र वास्तविक सुकुमबासी तथा पहुँचका आधारमा कब्जा गर्नेहरूको पहिचान गरी वर्गीकरण गर्ने सहमति गरेको छ । वन संरक्षणको कार्यलाई प्रभावकारी बनाउन डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायहरूबीच आपसी समन्वयमा नियमित अनुगमन गर्ने निर्णय भएको छ ।

कार्यक्रमका बीच डिभिजन वन कार्यालयले जङ्गली जनावर बदेलको आक्रमणबाट ज्यान गुमाएका भैरवी गाउँपालिकाका प्रदीप सिंह र पदमकुमार विष्टका पीडित परिवारलाई जनही रु १० लाखका दरले राहत रकम हस्तान्तरण गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

काठमाडाैं । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्...

बंगलादेशमाथि भारतको शानदार जित, छैटौं पटक साफ महिला च्याम्पियन

काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भए...

दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किएर दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भन...

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको ना...

दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति

दैलेख । दैलेख जिल्लाभर तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ । वन न...

कास्की कारागारबाट भागेका कैदी ९ महिनापछि म्याग्दीमा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।...

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending