काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले शनिबार जनाएको छ ।
गोन्जालेज उरुटिया एक महिनादेखि भेनेजुयलामा लुकेर बसिरहेका थिए । उनलाई सुनुवाइका लागि अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि उनि अदालतसामु उपस्थित भएका थिएनन् । भेनेजुएलाका उपराष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, “केही दिनअघि काराकासस्थित स्पेनी दूतावासमा स्वेच्छिक रुपमा शरण लिएपछि उरुटियाले स्पेनी सरकारसँग राजनीतिक शरणका लागि आग्रह गर्नुभएको थियो ।
स्पेनी विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले उरुटियाको आग्रहमा उनको सहयोगका लागि स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गरेकाे छ । भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको अल्बारेसले बताए । उरुटियाका वकिल जोस भिसेन्ते हारोले पनि उनि स्पेन प्रस्थान गरेको एएफपीसँग पुष्टि गरे । गत जुलाई २८ मा भएको निर्वाचनमा मडुरो विजयी भएको निर्वाचन आयोगको घोषणापछि भेनेजुएला राजनीतिक सङ्कटमा परेको छ ।
आयोगको घोषणा विपरीत उरुटियाले सहज मतान्तरले जितेको प्रमाण आफूसँग रहेको दाबी गर्दै विपक्षीले आक्रोश पोखेका थिए । संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र धेरै ल्याटिन अमेरिकी देश र सङ्घसंस्थाहरूले मडुरोलाई विजेताको रूपमा मान्यता दिन अस्वीकार गरेका छन् । चुनावपछि उरुटिया राष्ट्रपतिको सही विजेता भएको भन्दै विपक्षी दलले दाबी गरेको र उनलाई राष्ट्रपति बनाइनुपर्ने अडान राख्दै आन्दोलन गर्न थालेपछि भेनेजुएलाका अभियोजनकर्ताहरूले उरूटियाविरूद्ध पक्राउ पुर्जी जारी गरेका थिए ।
भेनेजुएलाका विपक्षी नेताको बचाउ गर्ने वकिल जोएल गार्सियाले उरुटियालाई सरकारले आरोप लगाएका सबै आरोप लगाइएको खण्डमा ३० वर्षको जेल सजाय हुन सक्ने बताएका छन् । अधिकारीका अनुसार मडुरो ५२ प्रतिशत मतका साथ तेस्रो छ वर्षको कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विपक्षीले आफ्नै मतदान रेकर्ड सार्वजनिक गरेको छ, जसमा गोन्जालेज उरुटियाले ६७ प्रतिशत मत प्राप्त गरेको उल्लेख छ । भेनेजुएलाको निर्वाचन प्राधिकरणले आफ्नो प्रणालीमा साइबर आक्रमण भएको आरोप लगाउँदै निर्वाचन परिणामको पूर्ण विवरण दिन नसक्ने बताएको छ ।
पर्यवेक्षकहरूले भने त्यस्तो कुनै पनि ह्याकिङको कुनै प्रमाण नभएको बताएका छन् । भेनेजुएलामा निर्वाचनपछि भएको हिंसामा २७ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् । प्रशासनले करिब दुई हजार ४०० जनालाई पक्राउ गरेको जनाएको छ । चुनावअघि, उरुटिया कम चर्चामा रहेको सेवानिवृत्त कूटनीतिज्ञ थिए । मडुरोप्रति वफादार ठानिएका सरकारी संस्थाहरूले प्रमुख विपक्षी नेता माचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाएपछि उनि अन्तिम समयमा राष्ट्रपतिपदको उम्मेदवार बनेका थिए ।
भेनेजुएलामा सन् २०१८ मा पनि धाँधलीको व्यापक आरोपका बीच मडुरोलाई विजयी घोषित गरिएको थियो । प्राकृतिक इन्धनको खानीका लागि धनी राष्ट्र भेनेजुयलामा मडुरोले सन् २०१३ देखि राष्ट्रप्रमुखका हेसियतमा नेतृत्व गर्दै आएका छन् । खराब घरेलु आर्थिक व्यवस्थापनका साथै अन्तर्राष्ट्रिय प्रतिबन्धबाट पीडित उनको कार्यकालमा कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतले गिरावट आएको छ र देशका तीन करोड नागरिकमध्ये ७० लाखभन्दा बढी आप्रवासी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: