एजेन्सी । इजरायली सेना १० दिनको अपरेसनपछि शुक्रबार जेनिन सहर र त्यहाँका शरणार्थी शिविरबाट हटेको प्रत्यक्षदर्शीले बताएका छन् । कब्जा गरिएको वेष्ट ब्यांकमा भएको इजरायली आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो ।
बख्तरबन्द सवारी र बुल्डोजरको सहयोगमा सेनाले विनाशकारी आक्रमण गरेको धेरै दिनपछि भागेका बासिन्दा शिविरमा फर्केका छन् । उक्त क्षेत्र इजरायलविरुद्ध लड्ने प्यालेस्टिनी सशस्त्र समूहको गढ थियो । अगस्ट २८ मा सेनाले जेनिनलगायत वेष्ट ब्यांकको उत्तरी क्षेत्रका धेरै सहर र गाउँमा सैन्य अभियान चलाएको थियो ।
फिर्तीबारे पुष्टि नगरी इजरायली सेनाले जेनिन क्षेत्रमा आतंकवादविरोधी गतिविधि सञ्चालन गरिरहेको बताएको छ । ‘आतंकवादविरोधी अभियानको उद्देश्य हासिल गर्न इजरायली सुरक्षा बलले लगातार कारबाही गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । जेनिनमा भएको अपरेसनमा १४ लडाकुको मृत्यु भएको, संदिग्ध ३० जनालाई पक्राउ गरेको, सडकमुनि राखिएका करिब ३० वटा विस्फोटक पदार्थ नष्ट गरिएको र चारवटा हवाई आक्रमण गरिएको सेनाले बताएको छ ।
अधिकांश प्यालेस्टिनीको मृत्यु भएको जेनिनमा एक इजरायली सैनिकको पनि मृत्यु भएको छ । अक्टोबर ७ मा दक्षिणी इजरालयमा आक्रमण गरेर गाजामा जारी युद्धलाई जन्म दिएको हमास र प्यालेस्टिनी इस्लामिक जिहादले मारिनेहरूमा कम्तीमा १४ लडाकु रहेको बताएका छन् । जेनिन शिविरका धेरै घर बुल्डोजरहरूले क्षतिग्रस्त वा नष्ट भएका छन् । इजरायली बख्तरबन्द सवारीहरू फिर्ता भएपछि शुक्रबार बासिन्दाहरूले भग्नावशेष सफा गर्न आफ्नै बुल्डोजर प्रयोग गरिरहेको एएफपीका पत्रकारहरूले बताएका छन् ।
इजरायलले सन् १९६७ देखि वेष्ट ब्यांक कब्जा गरेको छ र उसका सेनाले नियमित रूपमा प्यालेस्टिनी समुदायमाथि आक्रमण गरिरहेको छ । अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि इजरायली सेनाले वेष्ट ब्यांकमा गरेको आक्रमणमा कम्तीमा ६६१ प्यालेस्टिनीको मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: