काठमाडौं । असोजको पहिलो साता काठमाडौंमा बालसाहित्य सम्मेलन हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा असोज ४ र ५ गते दुई दिवसीय अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुन लागेको हो ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सम्मेलनमा नेपालका सयभन्दा बढी सर्जकको सहभागिता रहनेछ । सम्मेलनमा नेपालसहित भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, नेदरल्यान्ड, डेनमार्कलगायतका देशबाट २५ भन्दा बढी विदेशी सर्जकको सहभागिता रहनेछ ।
सम्मेलन सफल बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समितिले काम गरिरहेको छ । समितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ अगीब बनेपाली, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, महासचिव विजयराज आचार्य, चित्रकार केके कर्माचार्य, ग्रन्थपाल भोला श्रेष्ठ, रुम टु रिडका अनन्त वाग्ले र सञ्जु बज्राचार्य, समालोचक महेश पौड्याल, बालसाहित्यकार अनुराधा र प्रतिष्ठान कर्मचारी राजकुमार श्रेष्ठ सदस्य छन् ।
महेश पौड्यालको संयोजकत्वमा कार्यक्रम उपसमिति, भोला श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति, अनन्त वाग्लेको संयोजकत्वमा प्रचार तथा प्रकाशन उपसमिति र अनुराधाको संयोजकत्वमा अतिथि स्वागत तथा व्यवस्थापन उपसमिति गठन गरिएको छ । दुई दिने सम्मेलनमा बालसाहित्यका विभिन्न आयामलाई समेटेर स्वदेशी तथा विदेशी गरी दुई दर्जनजति कार्यपत्र प्रस्तुत हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: