Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

हलेसीमा साढे ८ करोडको योजना शिलान्यास

खबरडबली संवाददाता

खोटाङ । प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा साढे ८ करोडको योजना शिलान्यास भएको छ । हलेसी बजार परिसर सडक ढलान, पर्यटकीय स्थल रक गार्डेन जाने सडक ढलान लगायतको योजना पूर्व सहरी विकास मन्त्री माननीय सीता गुरुङले शिलान्यास गरेकी हुन ।

चन्द्र ज्योति कन्स्ट्रक्सनले भ्याटसहित ८ करोड, ३९ लाख, ५१ हजार ७७४ रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त योजना अन्तरगत बजार एवम् मन्दिर परिसरको सडक ढलान गरेर त्यसमाथि आकर्षक ढुङ्गा बिछ्याइने छ । सोही योजना अन्तरगत मध्यपहाडी लोकमार्गबाट पर्यटकीयस्थल रक गार्डेन जाने १२ सय मिटर सडक ढलान हुनेछ । यस्तै, हलेसी प्रवेश गेट नजिकै सवारी साधन पार्किङ स्थल निर्माण हुने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियर गणेश पाण्डेले बताए । 

२०८१ जेठ २९ गते ठेक्का सम्झौता भएको उक्त योजना आगामी असार मसान्तसम्म सक्नुपर्ने छ । सम्झौता मिति भित्र सम्पन्न गर्ने गरी काम सुरु भइसकेको निर्माण व्यवसायीले बताएका छन् । योजना शिलान्यास गर्दै पूर्व मन्त्री गुरुङले धार्मिक एवं पर्यटकीयस्थल हलेसी अब थप व्यवस्थित हुने बताइन । गुरुङ मन्त्री हुँदा गत आर्थिक वर्ष २०८०/०८१ मा उक्त योजनाका लागि बजेट विनियोजन भएको थियो । 

दैनिक रूपमा देश विदेशबाट दर्शन एवं भ्रमण गर्न हलेसीमा पर्यटक आउने गरेका छन् । तर, मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा असहज हुने गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन । शिलान्यास भएको योजना सम्पन्न पश्चात् हलेसी मन्दिर परिसर हिलो र धुलो मुक्त हुने मेयर राईको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: