Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

झापामा दुर्घटनामा परी बालकसहित दुई जनाको मृत्यु

खबरडबली संवाददाता

झापा । झापामा दुई भिन्न दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । 

यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेटस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एक जनाको आज मृत्यु भएको हो । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–५ का २४ वर्षीय दिवाङकर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

बिर्तामोडको मुक्ति चोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे१०प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना५ख ९१२२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक राई र पछाडि सवार मोरङ सुन्दरहरैँचा नगरपालिका–१० का २८ वर्षीय सुवोद बस्नेत घाइते भएका थिए । 

घाइते उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा मोटरसाइकल चालक राईको आज बिहान ८ः४५ बजे मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रकचालक अर्जुनधारा–६ का ३१ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिएको छ । 

त्यसैगरी, झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हिजो बेलुका कनकाई–५ चपरमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोरटसाइकलले बाटो काट्दै गरेको सोही स्थानका चार वर्षीय बालक आर्यन टुडूलाई ठक्कर दिएको थियो । 

घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लागिए पनि थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकलाई ठक्कर दिने मोटरसाइकल चालक झापा गाउँपालिका–२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: