Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा

खबरडबली संवाददाता

पर्सा । मुलुकका सात प्रदेशमध्ये विद्युत् चुहावट हुने प्रदेशमा मधेस प्रदेश दोस्रो स्थानमा छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार मधेस प्रदेशमा विद्युत् चुहावट १५ दशमलव २९ प्रतिशत रहेको छ ।

सबैभन्दा धेरै विद्युत् चुहावट हुने प्रदेशमा कर्णाली प्रदेश रहेको छ । सो प्रदेशमा विद्युत् चुहावट २१ दशमलव ७९ प्रतिशत रहेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले सातै प्रदेशमध्ये मधेस प्रदेश विद्युत् चुहावटमा दोस्रो स्थानमा परेको बताए । 

‘‘सातवटै प्रदेशमा हुने विद्युत् चुहावटमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुने गरेको छ । कर्णालीमा हुने विद्युत् चुहावट प्राविधिक कारणले भएको हो’’, उनले भने, ‘‘मधेस प्रदेश दोस्रो धेरै विद्युत् चुहावट हुने स्थानमा पर्नुको कारण गाउँगाउँमा लुकीछिपी विद्युत् चोरी गर्ने प्रवृत्ति देखिएको छ ।’’ प्रादेशिक कार्यालय प्रमुख ठाकुरले मधेस प्रदेशमा सर्वसाधारणले विद्युत्को पोलबाट सोझै हुकिङ गरेर, मिटरबाट र सिँचाइका लागि जडान गरेको लाइनबाट धेरै विद्युत् चोरी हुने गरेको बताए । 

‘‘हामीले गत आवमा मात्रै विद्युत् चुहावटमा संलग्न दुई हजार छ सय ५६ जनालाई समातेर कारबाही गरेका छौँ’’, उनले भने, ‘‘जनचेतनाको अभावले  पनि मधेस प्रदेशमा विद्युत् चुहावटका घटना धेरै हुने गरेका छन् ।’’ मधेस प्रदेशमा प्राधिकरणका २३ वटा वितरण कार्यालय छन् । प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार मधेस प्रदेशमा आव २०७७/७८ मा विद्युत् चुहावट १६ दशमलव ५४ प्रतिशत रहेको थियो । आव २०७८/७९ मा भने १४ दशमलव १७ प्रतिशतमा झरेको थियो । 

तर, आव २०७९/८० मा विद्युत् चुहावट १३ दशमलव ७९ प्रतिशतमा सीमित  भएको थियो । त्यस्तै आव २०८०/८१ मा भने विद्युत् चुहावट केही प्रतिशत बढेर १५ दशमलव २९ प्रतिशतमा पुगेको छ । प्राधिकरणका अनुसार कोशी प्रदेशमा विद्युत् चुहावट नौ दशमलव ८७ प्रतिशत रहेको छ । 

बाग्मती प्रदेशमा विद्युत् चुहावट पाँच दशमलव ६० प्रतिशत चुहावट रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा विद्युत् चुहावट सात दशमलव ६७, लुम्बिनी प्रदेशमा आठ दशमलव ५९ र सुदृरपश्चिम प्रदेशमा ११ दशमलव ५० प्रतिशत रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending