Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सानिमा बैंक मिर्चैया शाखाद्वारा दुई छात्रालाई छात्रवृत्ति प्रदान

खबरडबली संवाददाता

सिरहा । सानिमा बैंक मिर्चैया शाखाले समाजिक उतरदायित्व अन्तर्गत उच्च शिक्षा हासिल गर्न चाहने दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति छनोट समितिको सिफारिसमा बैंकले  विपन्न र जेहन्दार विद्यार्थीहरू करुणा कुमारी महतो र पूजा यादवलाई छात्रवृत्ति प्रदान गरेको हो । 

मिर्चैया नगरपालिका ६ का वडा अध्यक्ष राम प्रकाश महासेठ, नगर शिक्षा शखा प्रमुख भरत बानिया, पोलरस्टार बोर्डिङ स्कुलका संचालक राम चरित्र साह, संचारकर्मी मुकेश कुमार यादब र बैंकका शाखा प्रवन्धक उमेश चौरसियासहितका छ्नौट समितिले  उनीहरुको नाम सर्वसम्मत चयन गरेको हो । 

छ्नौट भएका दुबैजना विद्यार्थीलाई बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीका अतिरिक्त मासिक दुई  हजार रुपैयाँ नगद वृत्ति प्रदान गरिने शाखा प्रवन्धक उमेश चौरासीयाले जानकारी दिए । 

छात्रवृत्तिका लागि मिर्चैया  शाखाले २०८० सालमा सञ्चालित एसइईमा सामुदायिक विद्यालयबाट उत्तीर्ण  ५ जना छात्राले आवेदन दिएका थिए । जसमध्यय सबैभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरेको शाखा प्रवन्धक चौरसियाले जनाएको छ । बैंकले उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ मा अध्ययनरत दुईजना  विद्यार्थीलाई छात्रवृत्ति स्वरुप विद्यालयमा लाग्ने शुल्क, शैक्षिक सामाग्रीखरिद तथा अतिरिक्त मासिक दुई हजार नगद प्रदान गर्दै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending